बेलडाँडी राष्ट्रिय स्वतन्त्र पाटीद्धारा शैलेश्वरी आधारभूत विद्यालयमा बृक्षारोपण

134
VIEWS

बेलडाँडी, भदौँ ६ । राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीले गाँउपालिकामा बृक्षारोपण गरिरहेको छ । रास्वपा बेलडाँडी गाँउ समितिले पालिका विभिन्न सार्वजनिक स्थलमा बृक्षारोपण गरिरहेको हो ।

बर्षायाम भएकाले लगाएका विभिन्न प्रजातिका बिरुवा हुर्किने भएकाले यही समयमा रास्वपाले बृक्षारोपणमा जोड दिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीका सभापति तेजसिह धामीले बेलडाँडी हराभरा बनाउने उदेश्यका साथ सार्वजनिक स्थल विद्यालय, मन्दिर, खाली जमिन खोला लगायतका क्षेत्रमा बृक्षारोपण गरिएको बताए ।

सभापति धामीका अनुसार बेलडाँडीको सिहपाल, शैलेश्वर आधारभूत विद्यालय सहित मन्दिर क्षेत्रमा बृक्षारोपण गरिएको बताए । उनका अनुसार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन । बृक्षारोपण अभियान निरन्तर संचालन गरिने छ ।

राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका नेता जनक सिह धामीले पार्टीले सृजनात्मक कामकाज गरिरहेको बताए । रास्वपाले सरकारको एकोहोरो बिरोधका लागि बिरोध भन्दा पनि समाजिक सृजनात्मक कामकाज गरेपछि नगरिक समेतको साथ सर्मथन पाईरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार