लाल ब. एसके/पुनर्वास, भाद्र ७ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा पुनर्वास नगरपालिका वडा नं.४ को आयोजनामा वृक्षारोप तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।
वडा कार्यालयले वडाका मुख्य चौक चौराह र घुम्तीहरुमा विरुवा रोपेर हराभरा बनाउने उदेश्यका साथ विरुवा रोपिएको वडा नं.४ का अध्यक्ष तथा कार्यक्रमका सभापति मनोज जैशीले जानकारी गराउनु भयो । उहाँका अनुसार सुदुपश्चिममा महान पर्वका रुपमा मनाइने गौरा पर्व जर्गेनाका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए । आफु निर्वाचित भए यता जनताको काममा जनताले नै सघाइराखेको जैशीले जनाउदै अहिले पनि लोनी चोक देखि कोटीहोम सम्म वृक्षारोपण कार्यक्रममा समेत साथदिइराखेको जनाए ।
पुनर्वास नरपालिकाकी उपप्रमुख तथा कावा प्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा, राजनितिक दलका प्रतिनिधी, समाजसेवी बृद्धिजीवि, सिमामा रहेका विओपीका प्रतिनिधी, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रानाले सबैको आ आफ्नो संस्कृति रहेकाले यसको संरक्षण र सम्मान सबै पक्षबाट हुनुपर्नेमा जोड दिदै शुभकामना व्यक्त गर्नु भयो । रानाले भनिन पुनर्वास नगरपालिका लाई हराभराका साथै हरियाली बनाउनुपर्ने उद्देश्यले बृक्षरोपण कार्यक्रम गरिएको बताएका छन् ।
उक्त कार्यक्रम संचालन नगरपालिकाका विपद फोकलपर्सन ओम नाथ ढकालले गर्नुभएको थियो ।
Discussion about this post