बेलडाँडीमा दैनिक स्वतन्त्र पार्टी प्रवेश गर्नेको लर्को

683
VIEWS

बेलडाँडी, ७ भाद्र । सबै राजनितिक दल देखि वाक्य दिक्क भएका युवाहरु धमाधम राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेश गर्ने कार्य दिनप्रतिदिन बढिरहेको छ ।

 

देशको बागडोर युवा नेता रवि लामिछोने नेतृत्वको पार्टीको हात परे देश बन्ने आशाका साथ अधिकांस युवाहरु पार्टी प्रवेश गर्न लागेको बेलडाँडी राष्ट्यि स्वतन्त्र पाटीृका सभापति तेजसिह धामीले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार “अहिले सम्मका राजनितिक दलले कुनै जनताको पक्षमा काम गर्न नसकेको बताउदै युवाले हाकेको पार्टीले मात्र देश हाक्ने हेक्का बोगेकाले यस्तालाई सघाउन आफु समेत राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेश गरेको बताए ।” उनले भने ‘आफुलाई यो पार्टीमा कुनै स्वार्थ नभएको जनाउदै गाउँ समाज देश बनाउनका लागि सबैले यसमा आवद्ध हुन जरुरी रहेको बताए ।’

 

आज विहिवार पार्टीको ब्याज लगाउदै सभापति धामीले प्रेम बहादुर कार्की वडा नं.१, भोजराज भट्ट वडा नं.२, जयराज भट्ट वडा नं.१, उमाकान्त भट्ट वडा नं.१, रामसिंह नायक वडा नं.१ र ललित धामी वडा नं.१ का युवाहरुलाई समाज परिवर्तनका लागि प्रवेश गराएका छन् ।

यस्तै उनका अनुसार हिजो कुमारी पार्वती जोशी वडा नं.१, राम प्रशाद जोशी वडा नं.१, केशवराज कोइराला वडा नं.१, उत्तम बहादुर चन्द वडा नं.१, मञ्जु देवी भट्ट वडा नं.१, कलावती देवी कुवर वडा नं.१, गोविन्द सिंह कुवर वडा नं.१, सिता चौधरी वडा नं.१, दिपक सिंह खडका वडा नं.१ र जानकी जोशी लगायतले हिजो पार्टी प्रवेश गरेको जनाए ।

 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारमा लागेको स्वतन्त्र पाटीका नेता जनक धामीले जानकारी गराउनु भयो । उहाँका अुनसार यस पाटीमा लाग्नेहरुले कुनै पनि स्वार्थ सर्त नराखेर पार्टी प्रवेश गर्न आग्रह गरे । उनले आफुले पाटी प्रवेश गरेको क्षण स्मरण गराउदै भने “मलाई कुनै स्वार्थ छैन्, नेता बन्ने स्वार्थ भएको भए म उतै नेता थिए, मैले नितान्त परिवर्तन चाहेको छु त्यो परिवर्तन रवि लामिछाने नेतृत्वको पार्टीबाट मात्र सम्भव भएकाले यस महान अभियानमा सबैले सकारात्मक सोचका साथ लाग्न आवहान गर्नु भयो ।”

उनले भने “परिवर्तन सम्भव छ तर पुरानो विचार, पुराना पार्टीबाट कहिलै सम्भव नहुने भन्दै नयाँ सोचका साथ उदय भएको पार्टीबाट मात्र सबै थोक सम्भव भएको बताए ।”

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार