जनज्योति बहुमुखी क्याम्पसले भव्यताका साथ मनायो २२ औँ स्थापना दिवस

प्रकाश भट्ट/कञ्चनपुर । सुदूरपश्चिमको अग्रणि शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले २२ औँ स्थापना दिवस मनाएको छ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी मा रहेको जनज्योति बहुमुखी क्याम्पसले शुक्रबार विभिन्न कार्यक्रमहरु गरेर क्याम्पसको स्थापना दिवस मनाइएको क्यामपसका प्रधानाध्यापक सुरेन्द्र जोशीले बताउनुभयो।

 

उहाँका अनुसार क्याम्पस परिसरमा वृक्षारोपण गरेर तथा महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा अक्षयकोषको लागि रु पच्चीस हजार एक सय पच्चीस रूपयाँ सहयोग हस्तान्तरण गरेर स्थापना दिवस मनाइएको हो।

उक्त वृक्षारोपण तथा सहयोग हस्तानतरण कार्यक्रममा जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशी, क्याम्पस प्रमुख प्रकाश दत्त जोशी, क्यापमका प्रधानाध्यापक सुरेन्द्र जोशी, जनज्योति एजुकेसनल फाउन्डेसनका सदस्य भवानी प्रसाद पन्त, डा. शंकर दत्त भट्ट, हरिराम चौधरी, नवराज जोशी, गंगा विष्ट लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले आफू क्याम्पस प्रमुख भएदेखि नै क्याम्पसमा शैक्षिक एवं भौतिक सुधारमा लागि परेको बताउँदै क्याम्पसमा भएका कमी कमजोरी सुधार गर्दै अगाडी बढ्ने बताए । उनले ती काम गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

 

११४ जना प्राध्यापक शिक्षक तथा कर्मचारी रहेको उक्त क्याम्पसमा हाल २८१२ जना विद्यार्थी अध्ययनरत रहेका क्यामपसका प्रधानाध्यापक जोशीले बताउनुभयो। हाल जनज्योति क्यामपसमा नर्सरी कक्षा देखि १० कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको समेत उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो ‘छोटो समयमै निकै प्रगति गरिरहेको संस्थाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं। हाल कलेजमा ११ र १२ मा व्यवस्थापन, शिक्षा, कानुन तथा मानविकी संकायमा पठन पाठन भइरहेको छ भने स्नातक तहमा बिसिए, बिबिएस, बिएसडब्लु, बिए र बिएड तथा स्नाकोत्तर तहमा एमबिएस, एमए र एमएड संकायमा पठनपाठन गराइरहेका छौँ।’

साथै २०८० देखि अझै नयाँ र प्रविधियुक्त व्यवस्थापनका साथ कक्षाहरू सञ्चाल्न गरिने उहाको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित