सिद्धनाथ मावि शिक्षक कुटपिट प्रकरण : भोलीदेखि जिल्लाभरीका विद्यालय बन्द गरेर आन्दोलन

कञ्चनपुर, १० भदौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिट प्रकरणलाई लिएर जिल्लाका शिक्षक संघ संगठनले आन्दोलनको घोषणा गरेका छन ।

विभिन्न शिक्षक टे«ड यूनियन संघ संगठनमा आबद्ध नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले सोमबारदेखि जिल्लाभरीका सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलनको घोषणा गरेको हो ।

शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शिक्षक जोशीमाथि हतकडी सहित प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबारदेखि आन्दोलन घोषणा गरेको हो ।

नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष एव नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सयोजक बिरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हतकडी लगाएपनि कुटपिट गर्न दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

संयोजक भण्डारीका अनुसार शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरिय छानबिन समिति गठन गर्नुपर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने, घाईते शिक्षक जोशीको उपचार राज्यले गर्नुपर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सिताराम विष्ट सहितका प्रहरीमाथि कार्बाहीको माग अघि सारेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

जिल्लाभरीका विद्यालय बन्द गरेर सोही दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना बजारमा ¥याली सहित साँझ समिक्षा गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संयोजक भण्डारीले बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक बेद प्रकास उपाध्यायले शिक्षक जोशीमाथि प्रहरी घेराभित्रै मरणाशन्न हुने गरी कुटपिट निन्दनिय भएको बताए । ‘यो हाम्रो बाध्यता हो, ‘उनले भने रहर होईन ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द बहादुर ढाँटले यस अघि नै घटनामा संलग्न अधिकारी तथा दोषिलाई कार्बाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई अल्टिमेटम समेत दिएको वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बुझिन्छ ।

‘हाम्रो आन्दोलनप्रति सम्बद्ध पक्षले वेवास्ता गरे फेरी प्रदेश हुँदै हामी राष्ट्रव्यापी रुपमा अघि बढाउँछौँ, ‘उनले भने, ‘शिक्षक संघ संगठनको आवाज समयमै प्रहरी प्रशासनले सुनोस ।’ नेपाल शिक्षक संघका नेता नविन सिह धामीले शिक्षकमाथि अपराधी भन्दा पनि निकृष्ठ व्यवहार भएको प्रहरीकै घेराभित्र रहेका शिक्षक कुटपिट हुनु कानुनी राज्यको उपहास भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता उत्तम विष्टले समेत निहत्था शिक्षकमाथि प्रहरी घेरामै कुटपिट हुन निन्दनिय भएको कतै कुटपिटमा संलग्न प्रहरी नै भएकाले छानबिन गर्नुपर्ने बताए । आइतबार नेपाल शिक्षक महासंघ भीमदत्त नगर स्तरिय आन्दोलन परिचालन समितिले नगर क्षेत्रका विद्यालय बन्द गरेको थियो ।

नेपाल शिक्षक महासंघ भीमदत्त नगर स्तरिय आन्दोलन परिचालन समितिका संयोजक धर्मानन्द जोशीले एक दिन नगरका विद्यालय बन्द गरेर पालिका, शिक्षा विकास समन्वय इकाई, जिल्ला शिक्षा समितिमा ज्ञापन पत्र बुझाएको बताए ।
यसैविच आइतबारै नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र भण्डारीकै संयोजकत्वमा जिल्ला स्तरिय आन्दोलन परिचालन समिति गठन गरिएको छ ।

उक्त समितिमा विभिन्न सबै शिक्षक सघ संगठन सह संयोजक रहेका छन । उक्त जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले जिमुवा घटना सहित विद्यालय शिक्षा ऐनदेखि शिक्षकका हकहितका मुद्दा उठान गर्नेछ । ३२ साउनमा शिक्षक जोशीमाथि कक्षा १०मा अध्ययनरत छात्राले यौनजन्य दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

सोही आरोपमा ३ भदौँमा विद्यालयमा विद्यार्थीले बिरोध प्रर्दशन एव एकहुलहुज्जल समुहले प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाईते शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ । सद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण बोहराले शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्ने गिरोहलाई कार्बाही कार्बाहीको माग अघि सारेर प्रहरीमा उजुरी दिएको बताए ।

प्रअ बोहराले प्रहरीले विद्यालयमै प्रवेस गरेर हतकडी लगाएर लैजादा समेत गिरोहले अमानविय तरिकाले कुटपिट गरेको भन्दै कानुनी कार्बाहीको माग अघि सारेको बताए । ३२ साउनमा शिक्षक जोशीले कक्षा १० मा अध्ययनरथ एक छात्रामाथि दुव्र्यवहार गरेको भन्दै छात्राका आफन्त एव केही बाहिरका मानिसले ३ भदौँ विद्यालयमा बिरोध प्रर्दशन गरेर आन्दोलन गरेका थिए । छात्रा परिवार किटानी जाहेरी गरेको दोस्रो दिन शिक्षक परिवारले समेत किटानी जाहेरी दर्ता गरेका छन ।

कञ्चनपुर प्रहरीले छात्रा र शिक्षक जोशी दुवैका तर्फबाट आएको उजुरी दर्ता भएको जनाएको छ ।
छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा हुल समुहले शिक्षकमाथि निर्धात कुटपिट भएको थियो । शैक्षिक रुपमा छवि बनाएको सिद्धनाथ माध्यामिक विद्यालयमा घटेका दुवै घटनाले विद्यार्थी, शिक्षक र अभिभावलाई स्तब्ध बनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्टले घटनाबारे शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई बुझ्न नदिदै हुलहुज्जले विद्यालयमा ठुलो दुर्घटना गराएको बताए । उनले अब दुवै पक्षबाट मुद्दा दायर भएर कानुनी रुपमा कार्बाही प्रकृया अघि बढेकाले बाँकी विद्यार्थीको भविष्यलाई मध्य नजर गर्दै पठन पाठनको वातावरण सृजना गरिदिन विद्यार्थी, अभिभावक, शिक्षक एव सरोकारवाला पक्षसंग आग्रह गरेका छन ।

शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । आशिष टमाटा, करन औजी, दिर्घराज पाण्डे, नरेन्द्र नाथ, मनोज विष्ट,दिपक भण्डारी, नन्दी सहित सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले दुवै पक्षबाट आएको किटानी जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको बताए ।

उनका अनुसार घटनाको छानबिन भईरहेको छ । ‘एक पक्ष अस्पतालमै छन, अर्का पक्षलाई पक्राउ गर्नेदेखि सोधपुछ अनुसन्धानको काम अघि बढेको छ, ‘उनले भने, ‘घटनाको शुरुवातीदेखिका सबै घटनाक्रममा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित