हाजिर भएकै दोस्रो दिनदेखि सचेतनामुलक कार्यक्रममा खटिए ईन्सपेक्टर जोहारी

66
VIEWS

कञ्चनपुर, भदौँ १०। नेपाल प्रहरीका प्रहरी निरीक्षक ईन्सपेक्टर बिरेन्द्र जोहारी संगठनको कामकाजमा चर्चा कमाएका अधिकारी हुन ।

 

उनको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)मा दरबन्दी भएकै बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज थिए । कैलाली वा जहाँ हुँदा पनि उनको चर्चा र कामप्रति संगठन मात्रै नभई आम जनता समेत सन्तोषजनक हुन्थे ।

हालै उनको अछाम स्थित ईलाका प्रहरी कार्यालय कमल बजारमा सरुवा भएको छ । कमलबजारको जिम्मेबारी सम्हालेकै दोस्रो दिन समाजिक कामकाजमा जुटेका छन । उनले विषालु च्याउबाट हुने मानविय क्षति बारे जनतासंग छलफल तथा समेतना गरिएको बताए ।

८ भदौँमा प्रहरी निरीक्षक जोहारीको स्वागत कार्यक्तममा समेत ईमान्दारिकताका साथ प्रहरीले देश र जनताका लागि अहोरात्र खटिनुपर्ने निर्देशन दिएका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार