कञ्चनपुर, ११ भदौँ । यौनजन्य दुव्र्यवहारको आरोपमा कञ्चनपुर भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिट प्रकरणलाई लिएर शिक्षक आन्दोलित भएका छन ।
विभिन्न शिक्षक टे«ड यूनियन संघ संगठनमा आबद्ध नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले सोमबार (आजदेखि) जिल्लाभरीका सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलित भएका हुन । प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबार बिहानैदेखि शिक्षकले बजारमा बिरोध प्रर्दशनका साथै प्रशासनमा धर्ना दिएका छन ।
जिल्लाभरीबाट सयौँको संख्यामा सदरमुकाम महेन्द्रनगर आएका शिक्षकले विद्यालय बन्द गरेर यूनिफममै आन्दोलन गरिरहेका छन । साँझैसम्म प्रशासन मुल गेटमा धर्ना दिएर थप आन्दोलनका कार्यक्तम गर्ने चेतावनी दिएका छन ।
नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सयोजक बिरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हतकडी लगाएपनि कुटपिट गर्न दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।
संयोजक भण्डारीका अनुसार शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरिय छानबिन समिति गठन गर्नुपर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने, घाईते शिक्षक जोशीको उपचार राज्यले गर्नुपर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सिताराम विष्ट सहितका प्रहरीमाथि कार्बाहीको माग अघि सारेर आन्दोलनमा उत्रिएको बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक बेद प्रकास उपाध्यायले शिक्षक जोशीमाथि प्रहरी घेराभित्रै मरणाशन्न हुने गरी कुटपिट निन्दनिय भएको बताए । ‘यो हाम्रो बाध्यता हो, ‘उनले भने रहर होईन ।’
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द बहादुर ढाँटले यस अघि नै घटनामा संलग्न अधिकारी तथा दोषिलाई कार्बाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई अल्टिमेटम समेत दिएको वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बुझिन्छ ।
‘हाम्रो आन्दोलनप्रति सम्बद्ध पक्षले वेवास्ता गरे फेरी प्रदेश हुँदै हामी राष्ट्रव्यापी रुपमा अघि बढाउँछौँ, ‘उनले भने, ‘शिक्षक संघ संगठनको आवाज समयमै प्रहरी प्रशासनले सुनोस ।’
नेपाल शिक्षक संघका नेता नविन सिह धामीले शिक्षकमाथि अपराधी भन्दा पनि निकृष्ठ व्यवहार भएको प्रहरीकै घेराभित्र रहेका शिक्षक कुटपिट हुनु कानुनी राज्यको उपहास भएको बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता उत्तम विष्टले समेत निहत्था शिक्षकमाथि प्रहरी घेरामै कुटपिट हुन निन्दनिय भएको कतै कुटपिटमा संलग्न प्रहरी नै भएकाले छानबिन गर्नुपर्ने बताए ।
३२ साउनमा शिक्षक जोशीमाथि कक्षा १०मा अध्ययनरत छात्राले यौनजन्य दुव्र्यवहार गरेको आरोप लगाएका थिए । सोही आरोपमा ३ भदौँमा विद्यालयमा विद्यार्थीले बिरोध प्रर्दशन एव एकहुलहुज्जल समुहले प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाईते शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।
सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण बोहराले शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्ने गिरोहलाई कार्बाही कार्बाहीको माग अघि सारेर प्रहरीमा उजुरी दिएको बताए । प्रअ बोहराले प्रहरीले विद्यालयमै प्रवेस गरेर हतकडी लगाएर लैजादा समेत गिरोहले अमानविय तरिकाले कुटपिट गरेको भन्दै कानुनी कार्बाहीको माग अघि सारेको बताए ।
कञ्चनपुर प्रहरीले छात्रा र शिक्षक जोशी दुवैका तर्फबाट आएको उजुरी दर्ता भएको जनाएको छ । छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा हुल समुहले शिक्षकमाथि निर्धात कुटपिट भएको थियो । शैक्षिक रुपमा छवि बनाएको सिद्धनाथ माध्यामिक विद्यालयमा घटेका दुवै घटनाले विद्यार्थी, शिक्षक र अभिभावलाई स्तब्ध बनाएको छ ।
शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । आशिष टमाटा, करन औजी, दिर्घराज पाण्डे, नरेन्द्र नाथ सहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले दुवै पक्षबाट आएको किटानी जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको बताए । उनका अनुसार घटनाको छानबिन भईरहेको छ ।
‘एक पक्ष अस्पतालमै छन, अर्का पक्षलाई पक्राउ गर्नेदेखि सोधपुछ अनुसन्धानको काम अघि बढेको छ, ‘उनले भने, ‘घटनाको शुरुवातीदेखिका सबै घटनाक्रममा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको छ ।’ ३भदौँदेखि सिद्धनाथ मावि, १० भदौँदेखि भीमदत्त नगर र ११भदौँदेखि जिल्लाभरीका झण्डै ५ सय विद्यालयमा पठन पाठन बन्द भएको छ ।
आन्दोलनका कारण लाखौँ विद्यार्थी पढाईबाट बञ्चित भएका छन । सरोकारवाला पक्षले सबै पक्षसंग संयमित हुन र थप घटना उत्पन्न हुन नदिन आब्हान गर्दै आन्दोलनको स्वरुप विद्यालय बन्द नभई अर्को दवावमुलक कार्यक्तम संचालनमा जोडदिएका छन ।
Discussion about this post