बेलाैरी ८ पचुइका युवाको डेङ्गीका कारण अकालमै गयो ज्यान

303
VIEWS

बेलौरी,१२ भदौ । कञ्चनपुरको बेलौरीमा डेङ्गु रोग संक्रमणका कारण एक युवाको ज्यान गएको छ ।

बेलौरी नगरपालिका-८ पचुइ स्कुल टोल बस्ने बर्ष २८ का हिक्मत खत्रीको डेङ्गुको संक्रमित भई ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

अत्यधिक ज्वरो आएपछि धनगढी नोभा अस्पताल लगिएका खत्रीको उपचारकै क्रममा गएराति मृत्यु भएको जनाईएको छ । खत्रीका एक श्रीमती र दुई छोरा रहेका छन् । उनी बेलाबेलामा भारतमा गई रोजगारी गर्दै आएका थिए ।

उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए । भारतबाटै डेङ्गी संक्रमित भए वा घर फर्किएपछि भन्ने विषयमा खुल्न नसकेको सोही ठाउँ बस्ने तीर्थराज बोहराको भनाइ छ ।

उक्त क्षेत्रमा तत्काल डेङ्गी रोग नियन्त्रणको लागि लामखुट्टेका फुल नष्ट गर्न स्प्रे गरी सहयोग गरिदिन स्थानीय सरकारलाई अनुरोध गरिएको छ । सो क्षेत्रका युवाहरू सरसफाइ र जनचेतना अभिवृद्धिमा पनि लागेका छन् ।

उक्त घटनालाई गम्भीर रूपमा लिई सबैले सतर्कता अपनाउनु पर्ने बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयको भनाइ रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार