महाकाली सिंचाई ब्लक ६ को बार्षिक साधार सभा सम्पन्न, किसानद्धारा खेतमा पानी पुर्याइदिन आग्रह

बेलडाँडी, १२ भाद्र । महाकाली सिंचाई प्रणाली द्धितिय चरण जल उपभोक्ता संघ ब्लक ६ को साधारण सभा सम्पन्न भएको छ ।

 

मंगलवार ब्लकले एक कार्यक्रमको आयोजना गर्दै आफ्नो बार्षिक साधार सभा सम्पन्न गरेको हो । सभामा ब्लकले बर्ष भरि गरेका काम र प्रगति प्रतिवेदन सार्वजनिक गर्दै भावी रणनितिका बारेमा योजना बनाउने कार्य भएको ब्लकका महासचिव जय सिंह कुवरले जानकारी गराउनु भयो । उहाँका अनुसार महाकाली सिंचाईले गर्नुपर्ने थुप्रै कार्य आर्थिक अभावका कारण सम्पन्न गर्न नसकेको पुरानै समस्या भएको बताए ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताले आफ्ना टर्सरीमा पानी नपुगेको गुनासो गर्दै उक्त समस्या समाधान गरिदिन आग्रह गरे । यस्तै बेलडाँडीको अधिकांस भूमि सिमसार दलदलमा परिणत भएकाले यसको निकासका लागि पहल गर्न आग्रह गरेका थिए । सिंचाइका कारण बेलडाँडीको उब्जाउ भूमि दलदलमा परिणत भएपछि यहाँका किसान विगतका बर्षहरु देखि चिन्तित बन्दै गएका छन् ।

सिंचाइको कागजमा टर्सरी भएको तर ब्यवहारमा अहिले सम्म टर्सरी नभएका सम्या दोस्रो चरणमा थुप्रै रहेको भन्दै यस्ता समस्या तुरुन्त समाधान गर्न किसानहरले आग्रह गरेको थिए ।


कार्यक्रममा मनतब्यकै कर्ममा केन्द्रिय सदस्य चेतन कुमार राइले भने ‘अहिले सम्म सिंचाईले आफ्नो नक्सा नबनाइ सक्दा सिंचाईको जमिन स्थानीय सरकार, केन्द्र सरकार, हुलाकी सडकले मास्ने गरेको बताउदै त्यो मासेको सिचाईको जमिन हो भन्ने ठोकुवा गर्न नसकिने अवस्था रहेको बताए ।’

क्षेतिय सभापति गोपाल कुवरका अनुसार ‘क्षेत्रीय समितिले सिंचाई र किसानका समस्या समाधान गर्दै गएको बताए ।’ उनले भने बजेट अभावका कारण धेरै गर्नु पर्ने कार्य गर्न नसकिएको उहाँले बताउनु भयो । सिंचाई शुल्क घुम्ती सिविर बाट संकलन गर्ने आफुहरुको योजना रहेको जनाए ।

कार्यक्रममा प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार “यो सिंचाइलाई व्यवस्थित गर्न नसक्दा यस बाट २५ प्रतिशत फाइदा र ७५ प्रतिशत किसानले घाटा खेप्नु परेको दुखेसो सुनाउनु भयो ।” सिमसारका कारण खेतियोग्य जमिन प्रयोगमा नआएको प्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि फाइलहरु अघि बढाएको बताए । उनले भने समस्या समाधान गर्नका लागि सबैले हातेमालो गर्दै अगाढी बढ्नु पर्नेमा जोडदिए ।

कार्यक्रमका सभापति पुर्णानन्द भट्टका अनुसार “सिमसार व्यवस्थापनका लागि यस बर्ष सक्दो ड्रेन सफाई गरिने जनाउनु भयो ।” अधिकांस क्षेत्रमा किसानका कारण सिपेज हुने गरेको बताए । टर्सरी खन्दै पातुलो बनाउने पातुलो भएका कारण पानी सिपेज हुने वहाँले बताउनु भयो । टर्सरीमा रुख रोपेका कारण समेत यस्तो समस्या देखिएको वहाँले बताउनु भयो । गत बर्ष २५ किलो मिटर जिण टर्सरीहरू बनाउनका लागि सर्वेक्षण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित