परिपुरण सहित द्वन्द्वपीडितलाई न्याय दिनुपर्नेमा जोड

30
VIEWS

कञ्चनपुर, १२ भदौँ । कञ्चनपुरका सरोकारवाला निकायले परिपुरण सहित द्वन्द्वपीडितलाई न्याय दिनुपर्नेमा जोडदिएका छन ।

 

मंगलबार महेन्द्रनगरमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले मानवअधिकारकर्मी तथा कानुनविद्संग गरेको छलफलमा कार्यक्रममा परिपुरण सहित द्वन्द्वपीडितलाई न्याय दिनुपर्नेमा जोडदिएका हुन ।

उच्च अदालत बार एशोसिएनका अध्यक्ष यज्ञराज जोशीले जनयुद्धका बेला घटिएका घटनामा पीडित भएका पीडितलाई शिघ्र राहत दिनुपर्ने बताए । ‘युद्धमा बेला घटिएका घटनाका पीडितलाई न्याय दिनुपर्छ, ‘उनले भने, ‘राज्यले उचित परिपुरण दिनुपर्छ, ढिलो गर्नु हुँदैन ।’

मानवअधिकारकर्मी कोमल निरन्जन भाटले द्वन्द्वपीडितलाई न्याय दिन ढिलाई गर्न नहुने बताउँदै आयोगले पीडितको घाउमा मलम लगाउनुपर्नेमा जोडदिए ।

अधिवक्ता कौसिल्या योगीले द्वन्द्वका बेला सबैभन्दा महिला तथा बालबालिका प्रभावित भएकाले परिपुरण एकै पटक दिनुपर्नेमा जोडदिईन । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष विष्णूदत्त अवस्थीले उतिबेलाको द्वन्द्वरथ बिद्रोही र सत्तापक्ष अहिले सरकारमा भएकाले पीडितलाई न्याय दिलाउनुपर्ने विषयमा अग्रसरता दिनुपर्नेमा जोडदिए ।

अधिकारकर्मी जानकी जोशीले पीडितका पक्षमा धेरै आयोग बनेपनि न्याय नपाईएको दुखेसो पोखिन् । अधिवक्ता पुर्णा भट्ट(जोशी)ले तत्तकालिन बिद्रोही र सरकार पक्षले चाहे पीडितले न्याय पाउने बताईन । बार काउन्सिलका सदस्य प्रकास पाण्डेयले द्वन्द्वपीडितलाई परिपुरण सहित राहतका कार्यक्तम अघि बढाउँदै न्याय दिनुपर्नेमा सुझाव दिए ।

 

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्याम कुमार भट्टराईले आयोगमा परेका २५सय ५८उजुरीमाथि छानबिन भईरहेको बताए । सचिव भट्टराईले प्रदेश,पालिका सरकारले जनयुद्धका बेला विशेष योगदान पु¥याएका व्यक्तिका नामबाट सार्वजनिक स्थलको नामाकरण गर्नुपर्ने, पीडित परिवारको पालिकाले बिमा गरिदिनुपर्ने, विशेष योगदान पु¥याएका व्यक्तिको जिवनी पाठ्यक्रममा समासेव गरिनुपर्ने, सार्वजनिक स्थलमा पीडित परिवारलाई सम्मान सहितका कार्यक्तम संचालन गर्न पालिका र प्रदेश सरकार अग्रसर हुन आब्हान गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार