हुलाकी सडक खण्डमा रहेको खाल्डोका कारण एक युवाले ज्यान गुमाए पछि आजै उक्त खाल्डोमा ग्रावेल हालिदै

366
VIEWS

बेलडाँडी, १३ भाद्र । हुलाकी सडक खण्डको अवस्था जिण वन्दा समेत निर्माण कम्पनीले ध्यान नदिइदिदा बेलडाँडीका एक होनहार युवाले अकालमै ज्यान गुमाउनु परेको विषयलाई लिएर आज बेलडाँडीका स्वस्फूर्त युवा समूहहरुले बेलडाँडी–दैजी मुख्य सडक अवरुद्ध गरेपछि पालिका संग बार्ता गर्न किरण ठगुन्ना नेतृत्वको बार्ताटोलीले आजै खाल्डा पुर्नुपर्ने माग गरेपछि पालिकाले आजै उक्त खाडल पुर्ने कार्य गरेको छ ।

 

बेलडाँडी बजार देखि झण्डै ५ सय मिटर पुर्व हुलाकी सडक खण्डको अवस्था जिण बन्दा सोही खाल्डोमा मोटरसाईकल लडेर बेलडाँडी १ राधाकृष्ण मन्दिर टोलका अन्दाजी २५ बर्षिया सुनिल सार्की गम्भिर घाइते भइ उपचारका लागि महेन्द्रनगर लैजाने क्रममा बाटैमा ज्यान गएपछि आज बेलडाँडीका युवाहरुले प्रशासन र निर्माण कम्पनीका विरुद्ध आवाज उठाउदै सडक अवरुद्ध गरेपछि किरण ठगुन्नाको नेतृत्वमा गठन गरिएको बार्ता टोलीले अहिलेनै सो खाडल पुर्न र निर्माण कम्पनीलाई यथाशिघ्र कालोपत्रे गर्न माग गर्दा आजै पालिकाले खाल्डाखुल्डी पुर्न थालेको छ ।

हुलाकी सडकाका ठेक्दारले पिडित पक्षलाई राहतको व्यवस्था गर्नु पर्ने माग सहित तुरुन्त हुलाकी सडक निर्माण कार्य गर्नुपर्ने उनीहरुको माग रहेको थियो । हुलाकी सडक निर्माण ठेक्दारले बारम्वार बेलडाँडीका जनतालाई ठग्ने कार्य गरेकाले उनलाई बेलडाँडी बोलाउनु पर्ने युवाहरुको माग रहेपनि निर्माण कम्पनीले भोलिदेखिनै काम शुरु गर्ने बाचा गरेपछि बन्द खोलिएको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार