एमाले निकट पेशागत महासंघ सुप प्रदेशको अध्यक्षमा भट्ट, महासचिवमा चन्द

83
VIEWS

कञ्चनपुर, १६ भाद्र । पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कञ्चनपुरका शिक्षक अगुवा नेता दामोदर भट्ट र महासचिवमा पनि कञ्चनपुरकै बैंकर कमल बहादुर चन्द चयन भएका छन ।

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेकपा एमाले निकट पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा शिक्षक भट्ट र महासचिवमा र्बंैकका म्यानेजर चन्द निर्बिरोध चयन भएका हुन ।

उपाध्यक्ष बद्री प्रशाद भट्टराई, महिला उपाध्यक्ष राधिका पन्त, सचिव श्याम खडका, महिला सचिव प्रतिभा भण्डारी, कोषाध्यक्ष बिन्दु चन्द, सदस्यहरुमा शुशिला सिह चन्द, महेश्वरी विष्ट, चन्द्रकाला चन्द, शेरसिह धामी, गोबिन्दराज जोशी, तारा प्रशाद भट्ट, गगन चन्द, भीम बहादुर खडका रहेका छन ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष तथा पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेश नेता मान बहादुर चन्दले सहमतीय आधारमा कार्य समिति चयन गरिएको बताए । पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका दामोदर भट्टले पेशागतकर्मीको हकहितका साथै अधिकारका लागि पैरवी गर्ने जनाएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार