वडा अध्यक्ष बिष्टले गरे छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिताको उद्धघाटन, क्लबलाई निरन्तर साथ सहयोग गर्ने प्रतिबद्धता

498
VIEWS

कञ्चनपुर / भाद्र १८ । सुदूरपश्चिमेली हरूले महान पर्वका रूपमा मनाउने गाैंरा पर्वको अवसरमा बेलडाँडीमा आयोजना भएको छैठौं बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को उद्धघाटन बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा न.१ का वडा अध्यक्ष गज बहादुर बिष्टले गरेका छन् ।

 

सोमबार देखि बेलडाँडीमा सञ्चालन हुने बेलडाँडी खुला फुटबल प्रतियोगिता २०८० को उद्धघाटन एक कार्यक्रमका बिच अध्यक्ष बिष्टले गरेका हुन। उनले एन्फा रेफ्री दिपक श्रेष्ठ लाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्धघाटन गरेका थिए ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले भने , खेलकुद विकासका लागि सधै वडा कार्यालय र बेलडाँडी गाउँपालिका सधै अग्रसर हुने र क्लबलाई निरन्तर सहयोग रहने र आगामी दिनमा अझै थप प्रभावकारी ढङ्गले क्लबलाई अगाडि बढाउन सहयोग रहने प्रतिबद्धता गरेका छन् ।

आज भएको पहिलो दिनको खेलमा एक्सेस मिटपोइन्ट विजय भएको क्लबका अध्यक्ष लोक बहादुर बलायरले बताउनु भयो। उनका अनुसार पहिलो दिनको खेलमा अल स्टार युवा क्लबलाई एक्सेस मिटपोइन्टले ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउदै बिजय सुरुवात गरेको छ। उक्त खेलमा दुबै टिमले निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइवेकर बाट भएको थियो।

दोस्रो दिनको पहिलो खेल जननमुना युवा क्लब र अल स्टार युवा क्लब बेलडाँडी( ए) बिच बिहान ८ बजे, दोस्रो खेल झिलमिला युवा समाज (बि) र लालझाँडी-११ बिच दिउसो १ बजे र उक्त दिनको अन्तिम खेल इगल एफसी वाणी र वाई बि स्टार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार