चाँडवार्डको पुर्व सन्ध्यामै महेन्द्रनगर बजार अनुगमन

कञ्चनपुर, १८भदौँ । सुदूरपश्चिम प्रदेश सरकारले बजार अनुगमन शुरु गरेको छ । चाँडवार्डको पुर्व सन्ध्यामै प्रदेश सरकारले बजार अनुगमन शुरु गरेको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहत रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयले बजार अनुगमन शुरु गरेको छ । सोमबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगर बजारबाट अनुगमन शुरु गरिएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयका निर्देशक खेम प्रशाद चौधरीले बजारमा अखाद्य बस्तुको कारोकार गैर कानुनी रुपमा व्यवसाय संचालन गरिएको गुनासो बढ्दै गएपछि प्रदेश सरकारले बजार अनुगमन शुरु गरेको बताए ।

निर्देशक चौधरीले प्रदेश सरकार एक्लैले भन्दा पनि सम्बन्धीत जिल्ला प्रशासन, स्थानीय एव अन्य सरोकारवाला सबै प्रतिनिधीको संयुक्त उपस्थितिमा बजार अनुगमन गरिएको बताए ।

‘यस बर्ष हामीले कञ्चनपुरको महेन्द्रनगरबाट बजार अनुगमन शुरु गरेका छौँ, ‘निर्देशक चौधरीले भने, ‘अब प्रदेशभरी बजार निरन्तर अनुगमन गछौँ ।’ निर्देशक चौधरीले अनुगमनको उदेश्य व्यवसायीलाई दुखदिने दण्ड दिने भन्दा पनि कानुनी दायरमा ल्याउनका लागि सचेत गराउनेदेखि आवश्यक निर्देशन दिएका छौँ ।’

महेन्द्रनगरका पानी उद्योग, मार्ट, मिठाईपसल, खाद्यान्न पसल, ग्याँस पसल, कस्मेटिक पसलको अनुगमन गरिएको निर्देशक चौधरीले बताए । निर्देशक चौधरीका अनुसार शिव महादेव वाटर एण्ड मल्टीप्रोडक्सनमा लेबल नलगाएको, पानीको, उत्पादन भएको मितिमा लेबल लगाउनुपर्ने भएपनि त्यस अघि नै मिति राखेर उत्पादन गरेको, खानेपानीको खानयोग्य पाईप जडान नभएको पाईएको छ ।

‘हामीले हजारौँ उपभोक्ताले पिउने पानीमा लार्पबाही नगर्न र लेबन लगाउन कम्पनीका संचालकलाई सचेत गराएका छौँ, ‘उनले भने, ‘संचालकले समेत लेबन लगाउनेदेखि मापदण्ड पुरा गर्ने प्रण गरेका छन ।’

निर्देशक चौधरीले लोटस र शिवानी स्वीट हाउसमा म्याद गुज्रिएका कच्चा पदार्थ नष्ट गरिएको बताए । ‘शिवानी स्वीट हाउसमा बुदिया मिठाई बनाउने कच्चा पदार्थ गुणस्तहिन र लोटस स्वीट हाउसमा बर्थडे केक बनाउन छापिएको पत्रिका प्रयोग गरेको भटियो, त्यो पनि नष्ट गर्न लगाएका छौँ ।’

न्यू विष्ट किराना पसल, कञ्चन जनरल स्टोरमा म्याद गुज्रिएका समान नष्ट गर्न लगाएको निर्देशक चौधरीले बताए । महेन्द्रनगरका भारतीय पान व्यवसायी रामदेव मण्डलाई पसल दर्ता गरेर व्यवसाय संचालन गर्ने समेत गराईएको बताए ।

निर्देशक चौधरीले हेलो, बिबि मार्ट, दिपिका स्टोर र जोशी टे«ड एण्ड सप्लार्यसमा समेत अनुगमन गरेर म्याद गुज्रिएका बस्तु अलग्दै राख्न र मापदण्ड अनुरुप व्यवसाय संचालन गर्न निर्देशन दिईएको बताए ।

निर्देशक चौधरीले अनुगमनमका क्रममा म्याद सकिएका बस्तु बिक्रि वितरणका लागि राखिएको, प्रतिबन्धित पेय पदार्थ भारतबाट ल्याएको, बिना क्वारेन्टाईन खाद्य समाग्री ल्याएको, लेबन नराखेको, पसल दर्ता बिनै पान,सूर्ति व्यवसाय संचालन गरेको जस्ता कैफियत भेटिएको बताए ।

‘हामीले जहाँ जुन पसलमा फैफियत भेटाऔँ, त्यहाँ आवश्यक निर्देशन दिएका छौँ, ‘निर्देशक चौधरीले भने, ‘आज पहिलो दिन निर्देशन र समेत गराएका छौँ, कसैलाई जरिवाना र कार्बाही गर्नुपर्ने अवस्था आएन, महेन्द्रनगरमा व्यवसायी क्रमिक रुपमा सचेत भईरहेको पाईयो ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहराले महेन्द्रनगरमा खाद्य उद्योग तथा पसलमा मानव स्वास्थ्यका लागि हानिकार बस्तु तथा सेवा बिक्रि वितरणका लागि राखिएको बताए ।

‘हामीले बजार अनुगमनका क्रममा मानव स्वास्थ्यका लागि हानिकारक र प्रतिबन्धित पेय पदार्थ, क्वारेन्टाईन प्रमाणित नगरेका बस्तु बिक्रिका लागि राखेको पाईयो, ‘उनले भने, ‘ति सबै उद्योगी व्यवसायीलाई हामीले सचेत गराएको आवश्यक निर्देशन दिएका छौँ ।’

उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयका निर्देशक खेम प्रशाद चौधरीले अब प्रदेश सरकारले ९वटै जिल्ला सदरमुकाम सहित आसपासका बजार लक्षित गरेर अनुगमन गर्दै उपभोक्तालाई बजारबाट स्वस्थ बस्तु तथा सेवा उपलब्ध गराउन भूमिका निर्वाह गरिने बताए ।

‘महेन्द्रनगर बजारपछि अन्य जिल्लाका बजारमा समेत जान्छौँ, ‘निर्देशक चौधरीले भने, ‘दशैँ तिहार अवागै प्रदेशका मुख्य बजार अनुगमन गरिसक्छौँ ।’ उपभोक्ता एव व्यवसायीले बजार अनुगमन चाडवार्डका बेलामा मात्रै नभई निरन्तर गर्नुपर्ने सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित