बेलौरी, भाद्र १८ । बेलौरी नगरपालिका ९ रतनपुरमा सुदूरपश्चिमेलीहरुको महान पर्व गौंरा पर्वको अवसरमा भेट्रान भलिबल प्रतियोगिता शुरु गरिएको छ । सिद्धनाथ मन्दिर समितिको आयोजनामा भेट्रान भलिबल प्रतियोगिता तथा भोलि सोमबारदेखि देउडा कार्यक्रम हुन गइरहेको छ ।
’शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रो आव्हान; कला, सांस्कृतिक संरक्षण संवर्द्धनका लागि साझा अभियान’ भन्ने मूल नाराका साथ गौरा पर्व विशेष प्रथम सिद्धनाथ भेट्रान भलिबल प्रतियोगिता सञ्चालन गरिएको समितिका सचिव बलदेव भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार संस्कृतिको संरक्षण संगै खेलको समेत संरक्षणका लागि पर्व संगै यस्तो कार्यक्रम गरेको बताए ।
प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यतामा शुरु भएको उदघाटन कार्यक्रमका सभापति समितिका अध्यक्ष दिनेश राज भट्ट रहेका थिए भने विशिष्ट अतिथि वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह राना, समाजसेवी, बुद्धिजीवि लगायतहरुको उपस्थितिमा उद्घाटन गरिएको थिइयो । उद्घाटनसँगै श्री सिद्धनाथ मन्दिर समिति र बेलडाँडी गाउँपालिका वडा नम्बर १ बिच भएको पहिलो खेलमा आयोजक श्री सिद्धनाथ मन्दिर समितिले लगातार २ खेल जिती विजय भएको थियो ।
भेट्रान भलिबलसँगै यही भदौ २१ गतेदेखि २४ गतेसम्म वृहत् देउडा कार्यक्रम सहित गौरा पर्वको भव्य मेला लाग्ने भएको छ ।
Discussion about this post