बेलौरी प्रहरीद्वारा नागरिक सुनवाइ तथा परिचयात्मक कार्यक्रम सम्पन्न

धनबहादुर बिक/बेलौरी । बेलाैरी प्रहरीद्वारा नागरिक सुनवाइ तथा परिचयात्मक कार्यक्रम गरिएको छ ।

 

बेलाैरीमा नयाँ प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीको आगमन भए पछि उक्त कार्यक्रम राखिएको थियो ।
नागरिक र प्रहरीको सहकार्य अपराध रोकथामका लागि अनिवार्य मुल नारा सहित ईलाका प्रहरी कार्यालय बेलौरीले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांस स्थानीयले सिमामा हुने चोरी तस्करी , शान्तिसुरक्षा तथा लागु औषध नियन्त्रणका बिषयमा जोड दिएका थिए ।

सो अवसरमा नव आगन्तुक प्रहरी निरीक्षक गौरी प्रसाद जैशीलाई स्वागत तथा कार्यकालको शुभकामना समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी एबं नागरिक उन्मुक्ति कञ्चनपुर अध्यक्ष राजविर चौधरीले सानालाई ऐन ठुला व्यापारीलाई चयन , यस्तो क्रियाकलाप नहोस , प्रहरी को व्यबहार समान होस साथै बेलौरीमा शान्तिसुरक्षामा कमि नहोस भनी शुभकामना दिएका थिए ।

 

घरेलु अबैध मदिरा को बिगबिगी र मदिरा सेवन गर्नेहरूबाट शान्तिसुरक्षामा खलल हुने गरेकोले नियन्त्रणका लागि प्रहरीको पहल होस स्थानीय महिला अधिकारकर्मी नर्मदा रिजालको सुझाव रहेको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथि एबं बेलौरी नगरपालिका उप प्रमुख जोगरा चौधरीले बेलौरीको शान्ति सुरक्षामा बिशेष भुमिका निर्वाहमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रहरीको एकल प्रयासमा कुनै कार्य सफल हुंदैन ,स्थानीय सरकार , समाजसेवी , तथा स्थानीयवासीको सहयोगको आवश्यक रहे मात्र प्रहरी सफल हुने उनले टिप्पणी गरे ।

लालझाडी गाउपालिका अध्यक्ष निर्मल रानाले नव आगन्तुक प्रहरी निरीक्षक जैशीलाई स्वागत गर्दै बेलौरीमा कानुनको पालना होस , भारतीय सिमा नाका संग जोडिएको बेलौरी सिमा सुरक्षाको जिम्मेवारी पनि प्रहरीलाई चुनौती रहेकोले प्रहरीलाई आम नागरिकले पनि निरन्तर सहयोग गर्नुपर्ने कुरामा अध्यक्ष रानाले जोड दिए ।

भौगोलिक रूपमा ईलाका प्रहरी कार्यालयको निकै दुरीमा रहेको लालझाडी गाउँपालिकामा आपराधिक क्रियाकलाप बढेकाले प्रहरी अस्थाई बिट को स्थापना गरिनुपर्ने उनले बताए ।

कार्यक्रम लाई समापन गर्दै प्रहरी निरिक्षक जैशीले बेलौरी ई प्र का मा आफ्नो आगमनलाई हल्का रूपमा नलिन उनले आग्रह गरे ।

आफ्नो पहिलो महत्त्वपूर्ण पाँच जिम्मेवारी पुरा गर्ने लक्ष्य अन्तर्गत लागु औषध नियन्त्रण , सिमा क्षेत्रमा हुने चोरी तस्करी गुण्डागर्दि नियन्त्रण , चोरी डाँका नियन्त्रण , भन्सार छलि नियन्त्रण साथै प्रहरी सेवा प्रवाहमा कानुनबमोजिम सहजीकरण गर्ने आफुले अठोट लिएको बताए ।

गैरकानुनी क्रियाकलापमा संलग्न लाई मेरो तर्फबाट कुनै प्रकारको सहयोग रहने छैन कानुन सबैका लागि बराबर रहने छ उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी निरिक्षक गौरी प्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका प्रमुख निर्मल राना रहेका थिए भने बिशिस्ट अतिथि मा गाउपालिका उप प्रमुख सपना चौधरी , बेलौरी नगरपालिका उप प्रमुख जोगराम चौधरी , कुण्डा सेक्टर बन अधिकृत दिनेश कुमार यादब , समाजसेवी प्रेम सिंह बोहरा लगायत , विभिन्न राजनिती पार्टीका प्रतिनिधि , उधोगी समाजसेवी , स्थानीय व्यापारी , बिभिन्न संघ संस्था का प्रतिनिधि लगायत सयौं जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम को सञ्चालन ई प्र का बेलौरी प्रहरी नायव निरीक्षक ब्रम बहादुर रोकायाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित