शान्ति पुनर्स्थापना गृहको आयोजनामा बेलडाँडीमा समेत मानव बेचबिखन विरूद्धको १७ औँ राष्ट्रिय दिवस मनाईयो

112
VIEWS

बेलडाँडी – ‘शान्ति पुनस्थापना गुहको आवहान मानव बेचविखन विरूद्धको अभियान’ ” सामाजिक न्याय र आर्थिक सशक्तीकरण :मानव बेचविखनको निर्मूलन”भन्ने मूल नाराका साथ मानव बेचबिखन विरूद्धको १७ औँ राष्ट्रिय दिवस आज बेलडाँडीमा समेत मनाईदै छ ।

यस अवसरमा बेलडाँडी-५ मा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीको आयोजनामा शुरू गरिएको छ ।
सरोकारवालाहरूले मानव बेचविखन तथा ओसारपसार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए ।

बेलडाँडी महिला तथा बालबालिका शाखाका प्रमुख शारदा पनेरूका अनुसार बेचविखनमा पहिलेको भन्दा न्यूनीकरण भएको तर निर्मूल पार्न सबैपक्षको हातेमालोको आवश्यकता रहेको अाैल्याए ।

गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएकोले समस्या समाधानका लागि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता औल्याउदैँ यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको बेलडाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले स्पष्ट पार्नुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि शान्ति नाथले जग सुध्र्यो भने घर सुध्रिने बताउनु भयो । बेचविखन निर्मूल पार्न सबै पक्षको हातेमालो हुन जरूरी रहेको बताए ।

कार्यक्रमका अध्यक्ष तथा वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाका अनुसार खुल्ला सिमाका कारण विभिन्न प्रलोभन देखाई यस्ता घटना हुन सक्ने भन्दै सबैले सचेत रहनु पर्नेमा जोड दिनु भयो । न्यूनीकरणका कार्यमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा वहाँको जोड रहेको थियो ।

कार्यक्रममा मानव वेचविखन तथा ओसारप्रसार नियन्त्रणमा योगदान पु¥याएका विभिन्न संघ संस्था, प्रहरी, सञ्चारकर्मी, स्थानीय लगायतको बाक्लो उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमको संचालन शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीकी सहजकर्ता जमुना सिंहले गर्नु भएको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार