बेलडाँडी, २३ भाद्र । बेलडाँडी गाउँपालिका वडा नं. २ कार्यालय र समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रको साझेदारीमा साताब्यापी वडा सरसफाई अभियानको भोलि बृक्षारोपण गरेर समापन गरिने भएको छ ।
“हाम्रो अभियान राम्रो अभियान” को नारा सहित वडा कार्यालय र कञ्चन सामुदायिक विकास केन्द्रको साझेदारीमा आफ्नो टोल सुन्दर र स्वस्थ टोल आफै बनाउनका लागि टोल वासीहरुको सहभागिता सहित यसै १७ गते आइतवार देखि साताव्यापी टोल सरसफाई अभियान कार्यक्रम गौडी टोल देखि शुरु गरिएको थियो ।
वडाका मुख्य टोलका सार्वजनिक स्थल सफाई गर्नु, बाटोघाटोमा जम्मा गरेका निर्माण सामग्री या पशुचौपाया हराउने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुका साथै फोहर बाट उत्पन्न हुने रोग निर्मूल पार्न थालिएको अभियानको भोलि विद्यालय लगायत सार्वजनिक स्थलमा बृक्षारोपण गरेर समापन गरिने वडा सदस्य रमेश चनाराले जानकारी गराउनु भयो । भोलि १० बजे पालिका भेला भई विभिन्न विद्यालयमा बृक्षारोपण गर्ने तालिका रहेको वहाँले जनाउनु भयो ।
उहाँका अनुसार पहिलो चरणमा आ–आफ्नो टोलमा भएका सडक वरपरका झाडहरु हटाउने तथा सड़क क्षेत्र मिचेर बार लगाएकाहरुको बार हटाउने सडक क्षेत्रमा गाई गोरु बाधेको भेटिएमा हटाउने अभियान शुरु गर्दै जनचेतना फैलाउने कार्य समेत गरेको बताए ।
समुदायमा आधारित रहि सुशासन, पारदर्शिता, जवाफदेहिताका पक्षमा मुनाफा रहित कार्य गर्दै आएको कञ्चन सामुदायिक विकास केन्द्रले पछिल्लो समयमा सरसफाईलाई समेत उच्च प्राथामिकता दिदै आफुमातहतका समूहहरुलाई कृयाशिल बनाई स्थानीय सरकार संग हातेमालो गर्दै विभिन्न कार्यगर्न थालेको समुदायिक विकास केन्द्रकी व्यवस्थापक गिता राना क्षेत्रीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार यति बेला डेङ्गी जस्ता रोग देखा समेत पर्न थालेकाले सरसफाई अभियानले ठुलै फाइदा पुर्याएको बताए । फोहरका कारण विभिन्न संक्रमण फैलिनमा यस कार्यक्रमले न्युनिकरण गर्ने विश्वास व्यक्त गर्नु भयो । अभियानमा सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद दिदै भने आगामी यात्रा अन्य वडामा समेत समुदायमा आधारित कार्यक्रम गर्ने तयारी रहेको उहाँले बताइन् ।
Discussion about this post