छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिताको आज समापन फाइनल उपाधिका लागि सिहपाल युवा क्लब र झिलमिला युवा समाज “बि” भिड्ने

462
VIEWS

पवन कुमार थापा/बेलडाँडी, भाद्र २७ । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अलस्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता आज सम्पन्न हुने भएको छन् ।

सुदूरपश्चिमेलिहरुको महान पर्व गौरा पर्वको उपलक्ष्यमा अल स्टर युवा क्लब बेलडाँडीले भाद्र १८ देखि २७ गते सम्म संचालन गरेको छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता २०८० को समापन आज बुधवार गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले गर्ने कार्यक्रम तय भएको क्लबका सचिब धन बहादुर महताले बताउनु भयो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेल सिहपाल युवा क्लब बेलडाँडी-२ र झिल्मिला युवा समाज बेलडाँडी-५ बिचको रोमाञ्चक खेल आज मंगलबार दिउँसो १ बजे हुने वहाँले जनाउनु भयो ।

प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल हात पार्ने छन् । भने प्रतियोगिताका विभिन्न विधाका खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा २० टिमले सहभागिता जनाएको थियो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार