बेलडाँडीमा जारी फुटवलको फाइनल खेलको पुर्वसन्ध्यामा कर्मचारी र शिक्षक वीच मैत्रीपूर्ण खेल

278
VIEWS

बेलडाँडी– बेलडाँडीमा अलस्टार युवा क्लबद्धारा जारी छैठौं बेलडाँडी खुला फुटवल प्रतियोगिता फाइनल खेलको पुर्वसन्ध्यामा बेलडाँडीका कर्मचारीहरु र शिक्षकहरु बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

 

मैत्रीपूण खेलमा शिक्षकहरुलाई ०-७ गोलले कर्मचारीको टिम बिजयी भएको आयोजक कमिटिले जनाएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० शुरु भएको थियो ।

११ जनाको समुहमा खेलिने यो मैत्रीपूर्ण खेल आपसी सम्बन्ध, भाइचारा र मेलमिलापको प्रतीक पनि हो । फुटबल जसले पनि आफ्नो जीवनको पूर्वार्द्धमा खेलेको नै हुन्छ । नखेले पनि बाहिर बसेर हेरेकै हुन्छ । जसले गर्दा हाम्रो मन यो खेलसँग जोडिएको हुन्छ । सानो हुँदा मोजाभित्र प्लास्टिक कोचेर बनाएको बल खुब खेलिन्थ्यो । त्यति बेला न टिम चाहिने न जुत्ता, जर्सी लगाउने त कुरै भएन । खेल्नका लागि घरको आँगन काफी हुन्थ्यो ।

दुईतिर ससाना ढुङा, इँटा राखेर पोल बनाइन्थ्यो अनि मस्तसँग खेलिन्थ्यो । जसले जित्छ उसको उफ्री उफ्री नारा घन्काइन्थ्यो, “किप्पर कस्तो? चुम्बकजस्तो , ब्याक्की कस्तो? खम्बाजस्तो ।” खेल्ने पोजिसन र फर्मेसन को त कुरै छाडौँ किप्परबाहेक सबै फर्वाड र जसले गोल हान्यो उही हिरो हुन्थ्यो । बल्ल बल्ल एउटा रेफ्री राखिन्थ्यो र हारियो भने पनि सबै दोष रेफ्रीमाथि थुपारिन्थ्यो । त्यस बेलाबाट फुटबलमा बसेको क्रेज अहिले चाडबाडका बेला गाँउघरमा हुने खसी कप होस् या ठुलो धनराशी होस् यसले ठूलै फड्को मारेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार