बेलडाँडीमा शिक्षकहरुले प्रस्तावित बिद्यालय शिक्षा ऐन जलाए

बेलडाँडी, भाद्र २८ । बेलडाँडीमा शिक्षक समितिले संसदमा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा ऐनप्रति आपत्ति जनाउँदै प्रस्तावित ऐन जलाएका छन् । शिक्षकहरुले बेलडाँडी गाउँपालिका वडा नं.२ को बेलडाँडी बिचबजार चोकमा ठिक ६ बजे उक्त ऐन जलाएर बिरोध गरेका हुन् ।

 

कार्यक्रममा उपस्थित शिक्षकहरुले निर्णय नसच्चिय आगामी दिनमा आन्दोलनको कार्यक्रम कडा गरिने चेतावनी दिएका छन् । सरकारले हाम्रा माग अधिकतम सम्बोधन हुने मौखिक आश्वास दिँदै आएकाले हामीले संसदमा दर्ता नभइन्जेल सम्मलाई पर्ख र हेरको नीति अवलम्बन गरेका थियौ’, भदौ २७ गते विद्यालय शिक्षा ऐन संसदमा दर्ता भएसँगै विरोधमा उत्रिन बाध्य भएको कार्यक्रममा उपस्थित एक शिक्षकले बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी सीमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको आरोप लगाएका छन् । उनीहरुले दर्ता भएको विधेयकमा गम्भीर असहमति रहेको बताएका छन् ।

 

प्रस्तावित विद्यालय शिक्षा ऐन सार्वजनिक शिक्षा विरोधी,बिद्यालय शिक्षक, कर्मचारी बिरोधी रहेको शिक्षकहरुले बताएका छन् । उनीहरुका अनुसार शिक्षकहरुले २०७५ साल फागुन ९ गते गरेको ३० बुदे सम्झौता, २०७८ साल फागुन ९ गते गरेको ५१ बुदे सम्झौता बिपरित सार्वजनिक शिक्षालाई ध्वस्त पार्न ल्याएको ऐनको बिरुद्धमा आफुहरु बिरोधमा उत्रिएको बताउनु भएको छ ।

उहाँले साङ्केतिक रुपमा आज प्रस्तावित विद्यालय शिक्षा ऐन जलाएर बिरोध गरिएको र अव आफुहरु ऐनको विरुद्ध रहेको भन्दै अव सार्वजनिक शिक्षाको पक्षमा, शिक्षकहरुको पक्षमा ऐन नआउनन्जेल आन्दोलन जारी रहने उद्घोष समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित