शुक्लाफाँटा नगरपालिकाद्वारा मानसिक रोगीको उद्धार

69
VIEWS

झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे अवस्थामा बस्दै आएका पुरुषको उद्धार गरेको हो ।

 

उनको परिचय भने खुलेको छैन् । उनी केही दिनयता सडकमा बस्दै आएका थिए। परिचय र ठेगना नखुलेको एक जना पुरुषको उद्धार गरिएको नगर प्रमुख रणबहादुर महराले बताए। ‘प्रहरीसँगको सहकार्यमा उनको उद्धार गरेका छौं,’ उनले भने, ‘उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइनेछ।’

नगरपालिकाले बेवारिसे, मानसिक रोगीहरुको उद्धार गर्दै आएको छ। नगरपालिकाले केही दिन अगाडि वडा नं. १० स्थित झलारीबाट एक जना युवतीको पनि उद्धार गरेको थियो । नगरपालिकाले गत वर्ष ४ जनाको उद्धार गरेको थियो । ‘सडकमा बस्दै आएका, बेवारिसेहरुको उद्धार गर्दै आएका छौं,’ नगर प्रमुख महराले भने, ‘मानव सेवा आश्रम धनगढीसँग नगरपालिकाले सहकार्य गरेको छ ।’

नगरपालिकाले मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार