बेलडाँडी माओवादीद्धारा पाइलट कोर्स गरेर फर्केका बिष्टलाई सम्मान

बेलडाँडी/भाद्र ३१ । बेलडाँडी नेकपा माओवादी केन्द्रद्धारा बेलडाँडी गाँउपालिकाबाटै पहिलो पाईलट कोर्स गर्ने सागर बिष्टलाई सम्मान गरिएको हो ।

 

बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय सागर बिष्टले हालै अमेरिकाको बेईमेन एडिएसनबाट पाईलट कोर्स पुरा गरेर घर फर्किएका थिए । गृहनगर पुगेका बिष्टलाई नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले ढाकाटोपी, दोसल्ला ओढाएर सम्मान गरिएको गाउँकमिटि अध्यक्ष डम्मर शाहले पश्चिम समाचारलाई जानकारी गराउनु भयो ।

नेकपा मओवादी केन्द्रका प्रदेश नेता ईश्वरी प्रसाद भट्ट, हरि प्रसाद शर्मा, चन्द्र बहादुर बिक लगायत गाउँकमिटिका नेता कार्यकर्ताले उहाँको पढाईको कदर गर्दै सम्मान गरिएको शाहले बताउनु भयो ।

शाहका अनुसार पढाईको सम्मानका साथै उक्त अध्ययनमा घर परिवारले निर्वाह गरेको भूमिका उच्च रहेको भन्दै प्रेरणाका लागि सम्मान गरिएको बताए । ‘बेलडाँडीले सागर विष्ट जस्तो छोरा जन्माउनु बेलडाँडीवासीको गर्व रहेको बताए ।’ पाईलट सागर विष्टले नर्सरीदेखि कक्षा २ सम्म बेलडाँडीकै नवज्योतिमा अध्ययन गरेका थिए ।

 

कक्षा ३ देखि १० सम्म प्रभात विद्या निकेतेन बसन्तपुर र आईएस्सी महेन्द्रनगरको मर्निङ्ग ग्लोरीबाट अध्ययन गरेर १९ बर्षकै पाईलट कोर्ष पुरा गरेका थिए ।

पाईलट कोर्ष सकेर घर आएका सागर बिष्टले समेत आफ्नो सफलतामा घर परिवार, शिक्षक गुरुदेखि समाजको भूमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका छन ।

पाईलट कोर्ष गर्नेमा गाँउमै पहिलो बनेका पाईलट बिष्टलाई यस अघि पालिका सरकार सहित आफन्त साथीभाईले बधाई दिने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित