मंसिर ४ मा चुनाव गर्ने निर्णय स्वागतयोग्य ः संविधान सभा सदस्य बिष्ट

36
VIEWS

बेलडाँडी,
सरकारको मंसिर ४ गते चुनाव गर्ने निर्णयको संविधान सभा सदस्य दिवान सिह बिष्टले स्वागत गरेका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णयको बिष्टले स्वागत गर्दै अव छिट्टै जनताले जनताको नेता चुन्ने बताए ।

आज बेलडाँडी पोष्ट संग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य बिष्टले भने नेपाली कांग्रेस क्षेत्र नं.१ मा बलियो हुदै गएको र केन्द्रमा नेताहरुले गठबन्धन गरे पनि कञ्चनपुरमा कुनै गठवन्धन नगरिने कुरा बताउदै स्थानीय चुनावमा समेत यहाँ गठबन्धन नभएको जानकारी गराए ।

उनले भने यस क्षेत्र विकासका निमित्त जनताले सबैलाई चिनिसकेकाले जनता नेपाली कांग्रेसको पक्षमा रहेको जानकारी गराए । यस क्षेत्रका जनतालाई कसैले यहाँकी छोरी हुँ, कसैले केहि हुँ भन्दै झुक्याएका हुनाले अव जनता सचेत भइ सकेको जानकारी गराउदै जनमत आफ्नै पक्षमा रहेको जिकिर गरे ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार