बेलडाँडीबाट आन्दोलनमा होमिएका शिक्षकहरु भन्छन् : आन्दोलनबाट फिर्ता भएपछि विदाका दिन समेत पठनपाठन गराउनेछौं

153
VIEWS

बेलडाँडी, असोज ३ । शिक्षा विधेयको विरोधमा आजदेखि सबै सामूदायिक बिद्यालय बन्द गर्दै काठमाडौं केन्द्रित आन्दोलन थालिएको छ ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनमा होमिएका थिए । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनका कारण पठनपाठन ठप्प हुने भएपछि बेलडाँडीका शिक्षकहरुले विदाका दिन समेत पठनपाठन गराउने उनीहरुले बताएका छन् ।

 

आन्दोलन परिचालन समिति बेलडाँडीका संयोजक तथा नेपाल शिक्षक संघ बेलडाँडी गाउँकार्यसमितिका अध्यक्ष दिल बहादुर सिंहले एक फेसबुक स्टाटस हाल्दै सो कुरा जानकारी गराएका हुन् । उनका अनुसार आफुहरुले विद्यार्थीहरुको भविष्यसंग कुनै खेलबाड नहुन दिन विदाका दिन समेत पठनपाठन गराएर कोर्ष पुरा गराउने जनाएका छन् ।

उनले अभिभावक र विद्यार्थीहरुलाई सम्वोधनहुने गरि यस्तो लेखेका छन् -आदरणीय अभिभावक ज्यू र विद्यार्थी भाइबहिनीहरु हामी आन्दोलनबाट फिर्ता भइसकेपछि विदाका दिनपनि पठनपाठन सुचारु गर्नेछौं भनेर स्टाटस राखेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार