दार्चुला कारागारबाट दुई जना कैदी रिहा

दार्चुला :

संविधान दिवसको अवसरमा दार्चुला जिल्ला कारागारबाट दुई जना कैदी रिहा भएका छन् । बुधबार कर्तव्य ज्यान मुद्दाका १ र चोरी मुद्धाका १ जना गरी २ जना रिहा भएका हुन् ।

कारागारमा कैद भुक्तान गरिरहेका कर्तव्य ज्यान मुद्दाका अपिहिमाल गाउँपालिका(५ गुल्जरका ३९ वर्षीय पदम ठगुन्ना र चोरी मुद्दाका लेकम गाउँपालिका(३ का ४२ वर्षीय चन्द्र बहादुर चन्दलाई रिहा गरिएको कारागार कार्यालय दार्चुलाका निमित्त प्रमुख सुन्दरी अवस्थीले जानकारी दिएका छन् ।

५० प्रतिशत कैद भुक्तान गरेकाको बाँकी कैद संवैधानिक व्यवस्था अनुसार सरकारले माफी मिनाहा गरेकोले रिहा गरिएको उनले बताए । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले सरकारमार्फत कैद माफी मिनाहा दिन सक्ने व्यवस्था रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित