राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडीको गाउँपालिका लाई ८ बुदे ज्ञापन पत्र पेश

बेलडाँडी, असोज ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडीले स्थानीय विकास तथा सुशासनका सम्वन्धमा बेलडाँडी गाउँपालिकालाई ८ बुदे ज्ञापन पत्र बुझाएको छ ।

 

विहिवार गाउँपालिका कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडीको टिमले उपाध्यक्ष शान्ती नाथलाई ८ बुदे मागपत्र पेश गरेको राष्ट्रिय प्रजान्त्र पार्टीका गाउँपालिका संस्थापक कमल मल्लले जानकारी गराउनु भयो ।

उहाँका अनुसार गो बंस रक्षा तथा गौशाला रेखदेख, हुलाकी सडक खण्ड यथा सिघ्र निर्माण, शिवनगर देखि बेलडाँडी सम्मको आरसीसी प्रकरण,आरक्ष पिडित सुकुम्वासी भुमिहनिका समस्या समाधानका बारे, भारतबाट आउने फेरिवालाका सम्वन्धमा, बेलडाँडी क्षेत्रको फोहर उचित व्यवस्थापन र १५ सैया अस्पताल निर्माण यथासिघ्र शुचारुका विषयमा पालिकालाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको बताए ।


यस्तै ज्ञापन पत्र बुझाउदै पालिका कार्यसमितिका अध्यक्ष प्रेम सिंह साउदले यी मागहरु तुरुन्त समाधान गर्न गाउँपालिका लाग्नुपर्नेमा जोड दिए । उनले भने “हामीले पहिलो पटक खवरदारी गरेका छौं यी माग तुरुन्त समाधान नभए अर्को बाटो अपनाउने बताएका छन् ।”

पालिका उपाध्यक्ष शान्ती नाथले ज्ञापन पत्र बुझ्दै यी समस्या समाधनका लागि कार्यपालिकामा छलफल गर्ने बताएकी छिन् ।
पालिका संस्थापक कमल मल्ल, बेलडाँडी अध्यक्ष प्रेमसिंह साउद, कृष्ण जोशी लोकेन्द्र शाह लगायतका नेता कार्यकर्ताले ज्ञापन पत्र बुझाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित