बेलडाँडी रास्वपाद्धारा हुलाकी सडक निर्माण कम्पनीले जनता ढाट्न थालेकाले सचेतिकरण

बेलडाँडी, ०५ आसोज । बेलडाँडी रास्वपाद्धारा हुलाकी सडक निर्माण कम्पनीले जनता ढाट्न थालेकाले आमा बेलडाँडी वासीहरुलाई सचेतिकरण गराएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामीले निकालेको एक विज्ञप्तीमा यस्तो कुरा उल्लेख गरिएको छ ।

 

श्री आदरणिय आमावुबा, दाजुभाई तथा दिदिवहिनीहरु
सुदुरपश्चिम प्रदेश जिल्ला कञ्चनपुर क्षेत्र न. १ डोके वजार बेलौरी दैजी हुलाकी सडक खण्ड २०७३ साल चैत्र ३० गते संघीय सरकार बाट ३ बर्षमा कार्य सम्पन्न गर्नेगरि १ अरब १६ करोड ४७ लाखमा ठेक्का सम्झौता भई हाल आएर ठेक्का सम्झौता भएको ७ वर्ष विति सक्दा पनि उक्त ६४ कि.मी. सडक खण्ड अलपत्र परिरहेको कुरा सबैलाई सर्व विदित नै छ ।

५ पटक म्याद थप गरेर पनि ठेकेदार कम्पनी र हुलाकी सडक कार्यालयको मिलेमतो र लापरवाहीले सडक निर्माण सम्पन्न नहुदा कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताहरु साह्रै मार्कामा परेका छन ।

सडक नबन्दा यहाँका जनताहरु आफुले उत्पादन गरेको वस्तुहरु सम्बन्धित बजार सम्म पुर्याउन असमर्थ छन भने रोडमा खाडल तथा क्षयिकरण भई सड़क दुर्घटनामा परि धेरै व्यक्तिहरुले ज्यान समेत गुमाईसकेको साथै साना तिना घटनाहरु दैनिक रुपमा घटिरहेकै हुन्छन ।

ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि विभिन्न निहुमा सडक निर्माण अलपत्र पारि राख्ने ठेकादार तथा हुलाकी सडक कार्यालयलाई राष्ट्रिय स्वतन्त्र पार्टि वेलडाँडी गम्भिर ध्यान आकर्षण गराउन चाहन्छ ।

हुलाकी सडक अलपत्र परेको कारण यो क्षेत्रका जनताको जीवनस्तरमा सुधार तथा आर्थिक रुपमा प्रगति हुन नसकेको र विभिन्न शहरहरु सँग सम्वन्ध जोडिन नसकेकाले यो क्षेत्रका जनताहरुको हितलाई ध्यानमा राख्दै यथासिध हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टि वेलडाँडी सम्वन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छ ।

वेथिति र अलपत्रताको भुमरीमा परेको यो सडक खण्ड छिटो भन्दा छिटो निर्माण सम्पन्न नभएमा यसवाट उत्पन्न परिस्थिति जटील हुने हुदा सम्वन्धित निकायले छिटो निर्माण सम्पन्न गरोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित