बेलडाँडीमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि सरोकारवाला वीच छलफल

बेलडाँडी, ११ असोज । बेलडाँडीमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि सरोकारवालाहरु वीच हिजो छलफल कार्यक्रम सम्पन्न भएको छ ।

निड्स नेपाल र अक्सफामको सहयोगमा बेलडाँडी गाउँपालिकाले विपद प्रतिकार्यको बारेमा छलफल गरेको थियो । विदप कति बेला पनि हुन सक्ने भन्दै त्यसबाट बच्नका लागि स्थानीय श्रोतसाधानको प्रयोग लगायत विभिन्न विषयमा छलफल भएको जनाइएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका पालिका अध्यक्ष हरिशचन्द्र रानाले विपद बाट बेलडाँडीलाई कसरी बचाउन सकिन्छ त्यसका लागि बेलडाँडीले छिट्टै योजना बनाउने बताउनु भयो । विपद सम्वन्धी काम गर्ने संघ संस्थाहरु संग हातेमालो गर्दै न्युनिकणमा सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा बेलडाँडी गाउँपालिका भरीका वडाध्यक्षहरु, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बिष्ट, शाखाका प्रमुख तथा प्रतिनिधी, संस्थाकाकर्मीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित