बेलडाँडी,१२ असोज । नृत्यप्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको छ ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गर्न लागेको हो ।
बेलडाँडी पुरै लगायत बेलौरीका ८,९ र १० वडाबाट प्रारम्भिक अडिसनमार्फत ५८ जना छनौट गरि सकेको कार्यक्रमका संचालनक आर के कमल टामटाले जानकारी गराउनु भयो ।
उहाँका अनुसार नेपालमै नृत्यमा भविष्य खोजिरहेका प्रतिभाप्रति लक्षित गर्दै प्रतियोगिता गर्न लागेको जनाए । बेलडाँडी २ खप्रेश्वर मन्दिरको हलमा बिहान ९ बजे कार्यक्रम उदघाटन गरिने भएको छ ।
प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई अव जजहरु माफर्त छनौट गरिने जनाइएको छ । विशेष प्रशिक्षक सुपर गुरुहरुले प्रतिभालाई छनौट गर्ने छन् । सुपर जज, सुपर गुरु र सुपर प्रतिभाको प्रस्तुतिले सोको रोमाञ्चकता थप्ने आयोजकले विश्वास लिएको जनाएको छ ।
‘बेलडाँडी सुपर डान्सर’ जिल्लामै पहिलो कार्यक्रम भएको आयोजकले जनाएको छ । यस्तो कार्यक्रम आयोजना गर्न विभिन्न चुनौती देखा परेपनि त्यसलाई समाधान गर्दै यहाँ सम्म पुगेको उनीहरुले जनाएका छन् ।
Discussion about this post