तस्करीका समान प्रहरीको फन्दामा

कञ्चनपुर, असोज १२ । भारतबाट गड्डाचौकी खुला नाका भएर खुलेयाम महेन्द्रनगरमा पु¥याईएको अवैध समान नेपाल प्रहरीले बरामद गरेको छ ।

गड्डाचौकी भन्सार क्षेत्रमा सशस्त्र प्रहरी, भन्सार भएपछि तस्कर समुहले छलेर वा सेटिङ्ग गरेर महेन्द्रनगर बजार पु¥याईरहेको समान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी पुष्कराज पन्तले भन्सार चोरीछली गरेको अवैध समान बरामद गरेर भन्सार बुझाएको बताए ।
सुचना अधिकारी पन्तका अनुसार भन्सार नतिरेको चिनी, नरिवल, तेल,जुत्ता चप्पल, बिडी लगायतको किराना समान बरामद गरिएको छ ।

झण्डै ३लाख, ४६ हजार ५६५रुपैया बरामदको समान बरामद गरेर भन्सार चलान गरेको छ । प्रहरीले सुकासाल क्षेत्रबाट बरामद गरेको समान शुक्रबार भन्सार चलान गरेको जनाएको छ । ठुलो परिमाणमा तस्करी गरेर ल्याएको तस्कर समुहको अवैध समान नेपाल प्रहरीको फन्दामा परेपछि भन्सारै चलान गरिएको हो ।

सुकासाल क्षेत्रबाट पश्चिम गड्डाचौकी भन्सार झण्डै ३ किलोमिटर दुरीमा रहेको छ। तैपनि भारतीय बजारबाट यसरी लाखौँका समान भन्सार नकाटेर नेपाल भित्र्रिने प्रवृतिले भन्सार राजस्व समेत चुहावट भईरहेको भन्दै सरोकारवालाले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी भन्सारलाई यस्ता विषयमा चासो र सम्वेदशिल हुन अनुरोध गरेको छ ।

भन्सार क्षेत्रबाटै यसरी खुलेयाम तस्करी भएर भित्रिने समान प्रहरीले बरामद गर्नुपर्ने बाध्यता सीमा क्षेत्रमा अवराध तस्करी नियन्त्रण गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीका लागि सुभ सकेत नभएको जानकारहरुको भनाई छ । उक्त समान कसबाट बरामद गरिएको हो वा कसले ल्याएको कसेको हो भन्ने बारेमा प्रहरीले समेत केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित