बेलडाँडीका बिष्टको योगामा हेट्रिक, फेरि बने मिस्टर योगी

बेलडाँडी, १५ असोज । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ३ बस्ने रोशन बिष्टले योगमा लगातार तेस्रो पटक स्वर्ण पदक चुम्दै मिस्टर योगी नेपाल बनेका छन् ।

नेपाल खेलकुद महासंघ समाजवादीद्धारा पोखरामा आयोजित नेकोस खेलकुद महोत्वस अन्तरगत योग खेलमा बिष्टले नेपाल भरका सहभागिहरुलाई पछ्याउदै मिस्टर योगी बन्न सफल भएका हुन् ।

सानै देखि योगामा पोख्त रहेका बिष्टले यो भन्दा पहिला पनि २ पटक स्वर्ण पदक प्राप्त गरिसकेका थिए । ३/३ पटक नेपाल टप हुदा समेत स्थानीय प्रदेश सरकारको ध्यान नपुग्दा उनीमा भएको त्यो जागर निब्छकी भन्ने स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

यस्ता खेलडाँडीको स्थानीय सरकार, प्रदेश सकार र केन्द्रीय सरकारले संरक्षण गर्न नसक्दा यीनीहरुमा नैराशता पैदा भएको छ । यीनको संरक्षणमा मात्र सरकारले ध्यान दिने हो भने यहाँका अधिकांस नागरिकहरुले रोगसंग लड्नु पर्ने थिएन ।

बिष्टका अनुसार स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको बताउदै हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक रहेको बताए । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय रहने बताउछन् ।

बिष्ट भन्छन् स्थानीय सकारले व्यवस्थापकीय पाटो समालिदिएको भए यहाँका अधिकांस युवालाई शारिरीक रुपमा तन्दुरस्त बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित