गठबन्धन छ चुनाव जितिहाल्छु भनेर टिकट माग्न नआउनुस्, जनताको काम गर्नुस् ः देउवा

काठमाडौं,
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

वैशाखमा भएको स्थानीय चुनावबाट जितेर आएका जिल्ला समन्वय समितिका ३४ जना प्रमुख, २३ जना उपप्रमुख, १४१ जना मेयर, ११० जना उपमेयर, १८८ जना अध्यक्ष र १९० जना उपाध्यक्षलाई निर्देशन दिँदै सोमबार सभापति देउवाले अझै पनि सिंहदरबारको अधिकार गाउँमा नपुगेको बताउदै जनताको पक्षमा काम गर्न आग्रह समेत गरे । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै देउवाले जनप्रतिनिधिहरूलाई भने– जनताको मन जित्ने गरी काम गर्नुस् ।

सभापति देउवाले सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाँदा स्थानीय चुनावमा कांग्रेसले सन्तोषजनक सिट जितेको उल्लेख गरे। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर जाने उनले बताए ।

‘आमचुनावमा पार्टीका पक्षमा राम्रो परिणाम आउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु,’ देउवाले भने, ‘२०७४ मा हामी एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो । राम्रो मत ल्याउँदा ल्याउँदै पनि हामीले विपक्षी गठबन्धन (एमाले–माओवादी) बाट प्रभावित भइयो।’

उनले फेरि पनि गठबन्धन गरेर चुनावमा सफलता हासिल गर्नुपर्ने अवस्था आएको बताए । सिट बाँडफाँटका लागि दलहरूबीच छलफल भएको र केही दिनमा निष्कर्षमा पुगिने देउवाले बताए । उनले धेरै क्षेत्रमा उम्मेदवारी दिनेतर्फ लाग्नुभन्दा पनि उम्मेदवारी दिएका ठाउँमा जित्नुपर्ने बताएका छन् ।

‘धेरै ठाउँमा उम्मेदवार दिनेभन्दा पनि कति ठाउँमा जित्छौं भन्ने महत्वपूर्ण हो । यसलाई सबै साथीहरूले मनन गरेर एकता र सक्रियतापूर्वक लागौं,’ देउवाले भने ।

आजैदेखि जनताका बीचमा जानुहोस् । समस्या भएका ठाउँमा हारिएको छ । जनता देशको मालिक हो । जनताभन्दा ठूलो कोही छैन। जनताको समर्थन र मन जित्ने गरी काम गर्नुहोस्,’ उनले भने, ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन् तर हामीले केही पाएनौं भनेर गाली गर्न थालिसके ।’

गठबन्धन भइहाल्छ भनेर टिकट माग्नेहरू बढेको उनले बताउदै ‘गठबन्धन छँदैछ चुनाव जितिहाल्छु टिकट चाहियो भन्ने अवस्था छ,’ देउवाले भने, ‘गठबन्धन सँगसँगै लैजानुपर्ने अवस्था छ, टिकट न्यायोचित वितरण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित