पुनर्वासमा मिलको केमिकलका कारण धान र उखु बालीमा क्षति नभएको मिलको दावी

लाल बहादुर एसके/पुनर्वास, १९ असोज । औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पुर्याएको भन्दै कञ्चनपुर पुनर्वासका किसानले क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेपछि पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले आज पत्रकार सम्मेलन गर्दै मिलका कारण धान र उखु बालीमा क्षति नभएको जिकिर गरेको छ ।

 

गत साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका वडा नं.– ५, ७ र ९ मा धान र उखु नष्ट भए पछि किसानहरुले मिलका कारण नोक्सान भएको संका गरेका थिए । किसानको संका निवारणका लागि किसानको खेतमा जम्मा भएको पानी र मिलबाट निस्किने पानीको परिक्षण गरिएको थियो ।

 

बाढी आएका बेलो मिलबाट बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पुर्याएको किसानले दाबी गरेका थिए तर मिलबाट बगेको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति गर्न नसक्ने रिपोर्टले देखाएको मिलले जिकिर गरेको छ ।

मिलले बाढीका बेला आउने लेदो बालिमा टासिएर बालिलाई नोक्सान पुर्याएको बताएको छ । उनले यस्तै समस्या कैलालीको भजनिमा समेत देखा परेको बताउदै त्यहाँ त मिल छैन कहाँबाट केमिकल आयो भन्दै सवाल गरेका थिए । बाढी संगै आउने लेदोले बालीको बृद्धिविकासमा समस्या ल्याउने हुनाले बाली मर्ने बताएका थिए ।

बाढी आएपछि पुनर्वासमा २४२ बिघामा लगाइएको धान र ११० बिघामा लगाइएको उखु बारीमा क्षति भएको छ । क्षतिपुर्तीको माग गर्दै किसानहरुले आन्दोलन थालेका छन् । आज पनि किसानले पुनर्वास नगरपालिका घेराउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित