एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आजदेखि

51
VIEWS

धनगढी, २१ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज देखि सुरु हुँदैछ।

आज आइतबार दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले पहिलो प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको जानकारी दिए।

अधिवेशनमा ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। ९ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका छन्। बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी १२८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी ११७ जना प्रतिनिधि रहेका छन्।यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र ९ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र ६ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र ८ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन्।

यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र ९ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र ७ दलित गरी ४१, डडेलधुराबाट ५ महिला, १२ पुरुष र १ दलित गरी १८ जना प्रतिनिधि रहेका छन्।

जनसंगठनबाट २५ महिला, ४३ पुरुष र ७ दलित गरी ७५ जना प्रतिनिधि रहने छन्।पार्टीको मजदुर विशेष इलाका कमिटीबाट १ महिला, ४ पुरुष गरी ५ जना प्रतिनिधि रहेका छन् भने बुद्धिजीवि विशेष इलाका कमिटीबाट १ महिला र ४ पुरुष गरी ५ जना प्रतिनिधि रहने जनाइएको छ।

आइतबारबाट सुरु हुन लागेको प्रदेशको अधिवेशनमा नेतृत्वका लागि ३ जना आकांक्षी रहेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको दौडमा रहेका छन्।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार