कञ्चनपुर, २४ असोज । ईजराइलमा प्यालेस्टाईन हमास समुहको हमलामा परेर ज्यान गुमाएका विद्यार्थीको स्मृतिमा मंगलबार साझ दिप प्रज्वलन गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत रहेका संयुक्त पाँच विद्यार्थी संघ संगठनहरुले हमास समुहको हमलामा परेर ज्यान गुमाएका विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन गरेको हो ।
अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हेमन्त अवस्थीले अखिल क्रान्तिकारी सहित नेवि संघ, अनेरास्ववियु, समाजवादी अनेरास्ववियु, विप्लव निकट क्रान्तिकारीले संयुक्त रुपमा केन्द्रीय क्याम्पस मुल गेटमा दिवङगत भएका विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन गरेको बताए ।
क्रान्तिकारी नेता अवस्थीले ईजरायलमा भएको दुखत घटनामा ज्यान गुमाएका, वेपत्ता पारिएका विद्यार्थीको खोजबिन, उद्दार एव मृतक परिवारलाई राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोडदिएका छन ।
गत २७ भदौँमा सुप विश्वविद्यालय कृषिविज्ञान संकाय बिएस्सी एग्रिकल्चरमा अध्ययनरत विद्यार्थी ईजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्तम अन्र्तरगत अध्ययनका लागि ४९ जना विद्यार्थी गएका थिए । २० असोजमा हमाल समुहको हमलामा परेर सुप विश्वविद्यालयकै १० विद्यार्थीको निधन भएको थियो ।
Discussion about this post