बेलडाँडी, २४ असोज । बेलडाँडी घर भएका एजना भुतपुर्व प्रहरी सहायक निरीक्षकले विकास नगरेको भन्दै वडा अध्यक्षहरुलाई सामाजिक संजाल टिकटक मार्फत छाडा गालीगलौच गरेका छन् ।
बेलडाँडी वडा नं.२ घर भएका पुर्व प्रहरी सहायक निरीक्षक देबसिंह बिष्टले एक नहरको सडक देखाउदै यस वडाका वडाअध्यक्ष भन्दै गाली गरेका छन् । आफु जस्ता बुढा मान्छेलाई बाटो नबनेका कारण हिन्न साह्रै गाह्रो भएको भन्दै छाडा ठाडो उल्लेखै गर्न नसकिने गाली गरेर टिकटक बनाएका छन् । उनी अहिले रास्वपा बेलडाँडीका सदस्य समेत हुन् । यस विषयमा न त राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले मुख खोलेको छ न त बेलडाँडी गाउँपालिकाले मुख खोलेको छ ।
विकास नभएको भए सभ्य तरिकाले कुरा राख्नु जायज भएको स्थानीयले बताएका छन् तर यसरी गाली गलौच गरेर केहि नहुने उनीहरुको भनाइ छ । यस्ता छाडा गाली गलौच गर्नेहरुलाई कानुनी कार्वाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
कानुनी पाठ सिकाउदै प्रहरी सहायक निरीक्षक बाट अवकास आएका व्याक्तिबाट यस्तो छाडा गाली गलौच आउछ भने हाम्रो समाज कतातिर जादैछ भन्ने चिन्ताको विषय बनेको छ ।
Discussion about this post