सुदूरपश्चिमका भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

54
VIEWS

काठमाडौं : नेकपा (एमाले) सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

‘हिजो पनि भूकम्प गएको छ । केही दिन अघिको भूकम्पले धनजन क्षति भएको सर्वविदितै छ,’ कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद लामाले भने, ‘सरकारले तदरुकताका साथ त्यहाँका जनतालाई राहत र सहयोगका लागि म अनुरोध गर्छु ।’
१६ असोजमा बझाङमा केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पले एक जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । बझाङ, बाजुरा, बैतडी, डोटी, डडेल्धुरा लगायत जिल्लामा हजारौँ घरमा क्षति पुगेको छ । बझाङमा बुधबार राति मात्र ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

सुदूरपश्चिमका दूग्ध किसानलाई तत्काल पैसा उपलब्ध गराउन माग सांसद लामाले सुदूरपश्चिमका दूग्ध किसानले दूधको पैसा पाउन नसकेको बारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

दूग्ध विकास संस्थानले सुदूरपश्चिममा १५ असारदेखि दूधको पैसा रोकेको छ । ‘दसैंको मुखमा हजारौं किसानको करोडौँ रुपैयाँ भुक्तानी नभएकाले दसैंमा चिन्तित मुद्रामा छन्,’ लामाले भने, ‘छिटोभन्दा छिटो सरकारले पैसा उपलब्ध गराउन निर्देशन जाओस् ।’

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार