बेलडाँडीकी करार स्वास्थ्यकर्मी भट्ट प्रदेश सरकारबाट सम्मानित

बेलडाँडी, २७ असोज । बेलडाँडी गाँउपालिकाकी करार स्वास्थ्यकर्मी निलम भट्ट जिल्लाकै उकृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएकी छिन् ।

 

डेढ दशक देखि करार सेवामा बेलडाँडी गाँउपालिका– ५ झिलमिला स्वास्थ्य चौकीमा कार्यरत अनमी भट्टलाई प्रदेश सरकारले जिल्लाकै उकृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित गरेको हो ।

 

प्रदेश सरकारको समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दियायल डोटीले भट्टलाई एक कार्यक्रमका बीच प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुने भट्टले स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित गरेको जनाइएको छ ।

उहाँ यस अघि पनि विभिन्न विधामा सम्मानित हुँदै आएकी छिन् । काम गर्ने कर्मचारीको उचित मुल्याङ्कन गरेको भन्दै भट्टले खुसी व्यक्तगर्दै यो सम्मानले काम गर्न थप हौसला प्रदान भएको जनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित