कञ्चनपुर क्षेत्र नं. १ मा ४ बजेसम्म ५८ हजारभन्दा बढी मत खस्यो

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा दिउँसो ४:०० बजेसम्म ५८ हजार २१४ मत खसेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये ३१ हजार ९९९ महिला र २६ हजार २१५ पुरुष मतदाता रहेका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन्।

मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका तर्फबाट २०७९ सालको निर्वाचनमा विजयी भएका तारालामा तामाङ, नेपाल कम्युनिस्ट पार्टीकी बीना मगर, नेपाली कांग्रेसका गोपी प्रसाद उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामीसहित १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ भने साँझसम्म मत प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित