श्रम संस्कृतिले नेपालीको मन एकीकरण गर्छ हर्क साम्पाङ

काठमाडौँ : हर्क साम्पाङ राईले श्रमदानमार्फत देश निर्माण गर्नुपर्ने बताएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका साम्पाङले आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आफूले धरानबाट सुरु गरेको श्रमदान अभियान अहिले दार्चुलासम्म पुगेको जानकारी दिए।

उनले श्रमदानलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, “श्रमदान देशका लागि गर्नुपर्छ। पहिले पनि हुन्थ्यो, तर कहिलेकाहीँ मात्रै। अहिले प्रत्येक हप्ता श्रमदान गर्ने अभियान सुरु गरिएको छ।”

साम्पाङले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे पनि नेपालीहरूको मन एकीकरण हुन नसकेको आफूले महसुस गरेको बताए। उनले श्रमदान अभियानले यही मन एकीकरण गर्ने काम गरिरहेको धारणा राखे।

“श्रमदानमा को ठुलो, को सानो भन्ने हुँदैन। सबै मिलेर एउटै भाँडोमा खाना पकाएर खान्छौँ,” उनले भने, “यसले समाजमा रहेको विभेद हटाउन मद्दत गर्छ।” समाज मलामीमा मात्रै नभई देश बनाउने काममा पनि एकजुट हुनुपर्ने उनको भनाइ थियो।

विकाससँगै चेतना र जागरणको आवश्यकता औँल्याउँदै साम्पाङले श्रम संस्कृतिको माध्यमबाट क्रान्तिकारी विकास सम्भव हुने बताए। श्रमदानकै माध्यमबाट धरानमा झन्डै एक अर्ब बराबरको सम्पत्ति जोडिएको दाबी गर्दै उनले यसले पलायन भएको पुँजीसमेत फर्काउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित