मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन सरोकारवालासँग छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशमा ग्यासको आपूर्ति नियमित र सहज बनाउने विषयमा मुख्यमन्त्री खगराज भट्टले सरोकारवालासँग छलफल गर्नुभएको छ।

प्रदेशमा पछिल्लो समय ग्यास अभाव देखिएको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले नेपाल आयल निगम, ग्यास सप्लायर, डिलर, उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी,
उपभोगता हित संरक्षण , घरेलु तथा साना उधोग कार्यालय प्रमुख जिल्ला अधिकारी कैलाली , प्रहरी प्रमुख कैलाली , उधोग बाणिज्य संघलगायतका सरोकारवालासँग ग्यासको आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिनुभएको हो।

मुख्यमन्त्री भट्टले भने उपभोक्तालाई ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था आउन नदिन नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। उहाँले आपूर्ति व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

निगमका प्रतिनिधिहरूले सुदूरपश्चिमका लागि नियमित रूपमा ग्यासको कोटा उपलब्ध भइरहेको तर, भारतमा रहेका करिब १५ वटा ग्यास बोकेका गाडी र कावड यात्राका कारण ढुवानीमा केही समस्या हुँदा बजारमा सिलिन्डर अभाव देखिएको बताएका छन्।

नेपाल आयल निगमका तर्फबाट ग्यास आपूर्तिमा कुनै ठूलो समस्या नरहेको र बजारमा पर्याप्त ग्यास रहेको बताइपनि अभाव किन भयो ? भनेर मुख्यमन्त्री भट्टले जिज्ञासा राख्नु।भएको थियो। “जे जस्ता कारण भएपनि अभाव हुनु भएन, जनताको घरमा चुल्हो बल्न छोड्नु भएन” । वहाँले समस्या ततकाल पहिचान गरि उपभोक्तालाई आश्वस्त बनाउन समेत निर्देशन दिनुभयो।

छलफलमा ग्यासको कोटा प्रणालीलाई व्यवस्थित बनाउनुका साथै दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित