बेलौरीमा लत्रिएको विद्युत् तारले खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

बेलौरी । कञ्चनपुरको बेलौरीमा लत्रिएको विद्युत् तारले खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका-६ भुराकोटकी ५३ वर्षीया अनिता पन्तको बुधबार बिहान नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

 विद्युत् पोलबाट घरतर्फ लगिएको सप्लाई तार भुईँमा लत्रिएको अवस्थामा रहेको थियो। घाँस काट्ने क्रममा पन्तले उक्त तार काट्दा करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेर घाइते भएकी पन्तलाई स्थानीयले उद्धार गरी उपचारका लागि जगदम्बा अस्पताल, बेलौरी पुर्‍याएका थिए। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित