मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने, नेकपा संसदीय दलको बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मतका लागि आवश्यक तयारी, रणनीति तथा सांसदहरूसँगको समन्वयका विषयमा छलफल गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ।

नेकपाका सांसद ओमविक्रम भाटका अनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने तयारी गरेपछि त्यसका लागि आवश्यक रणनीति तय गर्न तथा सांसदहरूसँग समन्वय गर्न संसदीय दलको बैठक बोलाइएको हो।

‘भोलि मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने भन्ने छ। त्यसैको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ सांसद भाटले भने।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेपछि प्रदेशसभामा सरकारको पक्षमा आवश्यक मत जुटाउने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

संसदीय दलको बैठकमा विश्वासको मतका लागि पार्टीका सांसदहरूको भूमिकाका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित