कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कञ्चनपुरमा कार्यरत एक प्रहरी अधिकृत साउन महिना उत्कृष्ट प्रहरी घोषित भएका छन । सीमावर्ती जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक(डिएसपी) टेक बहादुर रावत ०८३ साउन महिना प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका हुन ।
कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी रावतलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले चालु आर्थिक बर्षको शुरुवातकै साउन महिना ‘पुलिस अफ द मन्थ’ घोषित गरेको जनाएको छ ।
सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) सानुराम भट्टराईले हस्ताक्षर गरेको प्रमाण पत्रमा संगठनले दिएको जिम्मेबारी प्रभावकारी रुपमा लगनशिल भएका कर्तव्यनिष्ट भई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समग्र शान्ति सुरक्षा एव सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै साउन महिना उत्कृष्ट प्रहरी घोषित गरेका छन । डिएसपी रावतलाई प्रदेश प्रहरीले प्रमाणपत्रका साथै नगद पुरस्कार दिएको छ ।
सुदूरपश्चिम प्रदेश बाजुरा पुख्यौली घर भई दशक अघि प्रहरी सेवामा प्रवेस गरेका डिएसपी रावत गत २१फागुन ०८२को निर्वाचनमा उपत्यका काठमाण्डौँ निर्वाचन सेलमा कार्यरत थिए । देशकै राजधानी जस्तो अति सम्वेदनशिल जिल्लामा शान्तिपूर्ण निर्वाचन गराउन सफल भूमिका निर्वाह गरेको भन्दै प्रहरी महानिरीक्षक(आईजिपी) दान बहादुर कार्की मार्फत समेत पुरस्कृत भएका थिए । डिएसपी रावत अपराध अनुसन्धान, नागरिक समन्वयदेखिका शान्ति सुरक्षामा अब्बल प्रहरीको रुपमा संगठनमा चिनिन्छन ।





















Discussion about this post