सुन–चाँदीको भाउ बढ्यो, सुन प्रतितोला ३ लाख २ हजार ३ सय

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ८ सय १५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित