पुष ११ गतेदेखि बेलौरीमा कृषि पर्यटन मेला हुने

कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा कृषि पर्यटन मेला लाग्ने भएको छ ।

‘गरिब तथा अन्यायबालबालिको सहयोगार्थ’ मुल नारा लिएर बेलौरीमा कृषि पर्यटन मेला तथा साँस्कृतिक महोत्सव हुने भएको हो ।

पुष दोस्रो सातादेखि तेस्रो बेलौरी खुला मञ्चमा कृषि पर्यटन मेला हुने भएको छ । बेलौरी नगरपालिका ४शान्तिपुरमा रहेको शान्तिमाविका पुर्व विद्यार्थीको आयोजनामा महोत्सव संचालन हुने भएको छ ।

पुर्व विद्यार्थी समाजको आयोजनामा ११पुष (सोमबार)देखि मेला संचालन हुने आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संरक्षक प्रेम थापाले शान्तिपुर माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नती र दक्षिणी क्षेत्रको कृषि पर्यटन विकासका लागि मेला संचालन हुने बताए ।

‘मुख्यतया हाम्रो शान्ति माविमा भुतपुर्व विद्यार्थीले मेला संचालन गर्न लागेका हुन, ‘उनले भने, ‘महोत्सवबाट हुने आम्दानीले जेहेन्दार विद्यार्थीको शैक्षिक स्तरबृद्धिका लागि खर्च गछौँ ।’ दक्षिणी क्षेत्र कृषिका लागि उर्बराभूमि रहेको बताउदै उनले कृषि उपजको समेत प्रर्दशन गरिने बताए ।

महोत्सवमा विभिन्न व्यवसायिक ७० स्टल राखिने छन । सुदूरपश्चिमको पहाडी थारु समुदायका मौलिक खानेपरिवारदेखि कृषि उत्पादित बस्तु तथा सेवा प्रर्दशन गरिनेछ । महोत्सवमा स्थानीय एव राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

महोत्सवबाट विपन्न जेहेन्दार विद्यार्थीको पढाईमा टेवा पुग्ने, दक्षिणी क्षेत्रको कृषि पर्यटनमा प्रर्बद्धन हुनेछ । २०पुषसम्म संचालन हुने महोत्सव लाखौँ दर्शकबाट अवलोकन हुने अपेक्षा राखिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित