कालापानीमा निःशुल्क पशु स्वास्थ्य शिबिर, हजार बढि पशुपन्छीलाई स्वास्थ्य सेवा

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ कालापानीमा निःशुल्क पशु स्वास्थ्य शिबिर संचालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशपन्छी औषधी व्यवसायी संघले शुक्लाफाँटा नगरपालिका ७ कालापानीमा शनिबार एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर संचालन गरिएको हो ।

पशुपन्छी औषधी व्यवसायी संघ (कञ्चनपुर–डडेल्धुरा) च्याप्टरका अध्यक्ष राम कुमार चौधरीले ग्रामिण भेगका पशुपन्छीहरुमा लाग्न सक्ने रोग र रोग लागेको भए उपचार गर्ने उदेश्यले कालापानीमा शनिबार एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर संचालन गरिएको बताएका थिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका पशु विकास अधिकृत महेन्द्र पाण्डेले निःशुल्क स्वास्थ्य शिबिरमा २ सय घरधुरीका बाख्रा, गाई, गोरु, भौसी, बङगुर गरि झण्डै हजार बढि पशुपन्छीको उपचार गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले कार्यालय एक्लै वा निजी क्षेत्रसंगको सहकार्यमा पशु विकासका कार्यक्रम गर्नका लागि ग्रामिण भेगतिर निःशुल्क स्वास्थ्य शिबिरका कार्यक्रम संचालन गरिदै आएको बताए ।

शुक्लाफाँटा नगरपालिका ७का वडाध्यक्ष पानसिह धामीले आफ्नो वडाका किसानको समस्या बुझेर आफ्नो वडामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको भन्दै आयोजकप्रति आभार प्रकट गरेका छन ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत महेन्द्र पाण्डे सहित डा. दिनेश पन्त, योजना शाखाका छैटौँ अधिकृत शिवराज भट्ट, पशुपन्छी औषधी व्यवसायी संघका प्रदेश अध्यक्ष चक्र्र बहादुर महरा,कञ्चनपुरका पुराना अनुभवी पशुपन्छी औषधी व्यवसायी क्षेत्र प्रशाद नेपाल, शुक्लाफाँटा नगरपालिका पशु शाखाका कर्मचारी, प्राविधिकको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित