हुलाकी सडक खण्ड निर्माणमा लापर्बाही गर्ने ठेकेदारलाई निर्देशनालयको चेतावनी

बेलडाँडी
काममा लापर्बाही गर्ने ठेकेदार कम्पनीलाई हुलाकी राजमार्ग निर्देशनालयले चेतावनी दिएको छ। कैलाली –कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी सडक निर्माणमा बेवास्ता गर्ने ठेकेदार कम्पनीलाई हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढी कैलालीले चेतावनी दिएको हो।

हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का सम्झौता अन्त्य किन नगर्नेसम्बन्धी सूचना नै प्रकाशित गरेको छ। चारपटक म्याद थप गर्दासमेत कञ्चनपुरको हुलाकी सडकखण्ड निर्माण हुँदा आयोजनाले ठेकेदारविरुद्ध आवाज उठिरहेका वेला हुलाकी राजमार्ग निर्देशनालयले ताकेता गरेको हो।

कैलालीमा हुलाकी सडक निर्माण कम्पनी लामा साल्पा, शेर्पा बिरुवा जेभी, शर्मा राजेन्द्र जेभी, बाबाहंस सिद्धिशाही जेभीविरुद्ध सूचना नै जारी गरेको छ। उक्त निर्माण कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्न विभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दासमेत हालसम्म निर्माण कार्य नगरेको र कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन ०६३ तथा नियमावली ०६४ र ठेक्का सम्झौताका सर्तहरूबमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै ताकेता गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित