कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्रमा एकैदिन ६ योजनाको शिलान्यास गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ अन्र्तरगत रहेका बेलडाँडी, बेलौरी र पुर्नवासका विभिन्न गाँउबस्तीमा पुल र सडकका योजनाको शिलान्यास गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत चालु आर्थिक बर्ष २०७९/०८० मा पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत संचालित हुने पुल र सडकका योजनाको शिलान्यास गरिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर हेमराज भट्टले ठेक्का सम्झौता भईसकेका ३ सडक र ३ पुलका योजना कार्यान्वयनका लागि शिलान्यास गरिएको बताए ।
बुधबार एकैदिन भौतिक पूर्वाधार राज्यमन्त्री कुलबिर चौधरी र पुर्व आर्थिक मामिला तथा प्रदेश सभा सदस्य तारालामा तामाङ्गले स्थानीय जनप्रतिनिधीको उपस्थितिमा योजनाको शिलान्यास गरेका छन ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर भट्टले बेलडाँडीको चौधर नदीमा पक्कीपुल, बेलडाँडी ३ र बेलौरी ९ जोड्ने कमरी किचाई खोलामा पक्की पुल र पुनर्वास नगरपालिका १० कमैया नालाका पक्की पुल निर्माण हुने बताए ।
यस्तै बेलौरी नगरपालिका ६ रिछाहदेखि विद्युत वितरण केन्द्र, गोकुलपुर हुँदै बन्दाताल सडक, पुनर्वास नगरपालिका ४ कोटिहोमदेखि नगरपालिका भवन र विचफाँटा पुर्नवास सडक कालोपत्रे हुने छन । पुर्व आर्थिक मामिलामन्त्री तथा प्रदेश सभा सदस्य तामाङ्गले लमैया नाला, विचफाँटा सडक र कोटिहोम सडकको शिलान्यास गर्दै आफ्नो पहलमा उक्त आयोजना निर्माण हुने बताए ।
पुर्वमन्त्री तामाङ्गले आफु मन्त्री हुँदा उक्त योजनाहरु हालिएको बताउदै विकासका राजनीति नभई सहमती गर्नुपर्नेमा जोडदिए । भौतिक पूर्वाधार राज्यमन्त्री कुलबिर चौधरीले पनि बेलडाँडीको चौधर नदीमा पक्की पुल, कमरीमा पक्की पुल र रिछाह–बन्दाताल सडकको शिलान्यास गर्दै प्रदेश सरकारबाट तीनै पालिकामा संचालित हुने योजना समयमै कार्यान्वयन गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन । कार्यक्रममा बेलडाँडी गाँउपालिका अध्यक्ष हरिचन्द्र रानाले गाँउपालिकामा संचालित हुने योजना गुणस्तरिय बनाउनुपर्नेमा जोडदिदै बजेटका लागि सहयोग गर्ने प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।
पुनर्वास नगरका मेयर तोया प्रशाद शर्माले प्रदेश सरकार र पुर्वअर्थन्त्री तारालामा तामाङ्गको खुलेरै प्रसंसा गर्नुभयो । ‘हामीहरुकै सल्लाह अनुरुप पुनर्वास सहित दक्षिणी क्षेत्रमा थुप्रै योजना आए, हामीले नकाट्न मुख्यमन्त्रीलाई दवाव दिए ‘मेयर शर्माले भने, ‘प्रदेश सरकारबाट संचालित योजना गुणस्तरिय बनाउनुपर्छ ।’
प्रदेश सरकारबाट दक्षिणी क्षेत्रमा थुप्रै योजना संचालित हुने भएपछि स्थानीय हर्षित भएका छन । स्थानीयले प्रंदेश सरकारले आवश्यकताका आधारमा योजना छनौट गरेको भन्दै समयमै काम गर्नुपर्नेमा जोडदिएका छन ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत पुनर्वास नगरपालिका १० लमैया नालामा पक्की पुल निर्माणका लागि वाईआर हटैराज जेभी कम्पनीले ३ करोड, ३३ लाख, ७९ हजार लागतमा आगामी असार ०८१सम्म पुल निर्माण गरिसक्नुपर्ने छ ।
पुनर्वास नगरपालिका १० का वडाध्यक्ष शुकदेव रानाले स्थानीयलार्ई कृषिकार्यदेखि दैनिक काम काजका लागि सहज हुने बताए ।
१७किलोमिटर सडक कालोपत्रेका लागि पुनर्वास नगरपालिका ९ विचफाँटा सडकको जिम्मा शंकर जोशी भेजीले पाएको छ । १६ करोड, २५ लाख, २७लाख लागतमा आगामी असार ०८१मा निर्माण गरिसक्नुपर्नेछ ।
पुनर्वास नगरपालिका ९का निर्वतमान अध्यक्ष नारायण जैसीले विगतकै जनप्रतिनिधीका पालामा उक्त सडक कालोपत्रेका लागि योजना माग गरिएको बताए ।
‘हामीले विचफाँटादेखि नगरपालिका आईबिआरडी जोड्ने सडकको योजना माग गरेका थियौँ, ‘उनले भने, ‘ढिलै भएपनि प्रदेश सरकारले बजेट दिएको छ ।’
पुनर्वास नगरपालिका ४ कोटिहोमदेखि नगरपालिका भवनसम्म झण्डै ३.७ किलोमिटर कालोपत्रेका लागि महरा निर्माण सेवाले ५ करोड, ३९ लाख, ७५ हजार लागतमा ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्त ०८१मा उक्त सडक निर्माण गरिसक्नुपर्नेछ ।
पुनर्वास ४का वडाध्यक्ष मनोज जैसीले समयमै निर्माणका लागि ठेकेदार कम्पनीलाई सहयोग गर्ने बताए । सडक स्तरोन्नती भएपछि स्थानीयलाई नगरपालिका कार्यालय जान सहज हुने बताए ।
बेलौरी नगरपालिका ६ रिछाहदेखि विद्युत कार्यालय हुँदै बन्दातालसम्म सडक कालोपत्रेका लागि मित्र अमृत भागेश्वर जेभीले ९ करोड, ५ ५लाख, ६९ हजारमा ठेक्का पाएको छ । उक्त सडक आगामी असार मसान्त ०८१सम्म निर्माण गरिसक्नुपर्नेछ ।
नेकपा समाजवादीका नेता एव स्थानीय बिनोद नेपालीले उक्त सडक स्तरोन्नती भएसंगै बेलौरी र पुनर्वास दुवै नगरका स्थानीयलाई सहज हुनेछ । उनले प्रदेश सरकारले बेलौरी र पुनर्वासका जनताको समस्या मध्यनजर ल्याएको योजना समयमै कार्यान्वयनमा जोडदिए ।
बेलौरी नगरपालिका ९ रतनपुर र बेलडाँडी गाँउपालिका ३ खैरिघाट जोड्ने कमलरीकिचाई नालामा पक्की पुल निर्माणका लागि स्वाँर कस्क्ट्रक्सन प्रालिले ५ करोड, २६ लाख, ३१ हजार लागतमा ठेक्का लिएको छ । आगामी असार मसान्त ०८१ मा पुल निर्माण गरिसक्नुपर्नेछ । यक्त स्थानमा पुल निर्माण भएसंगै दुवै पालिका स्थानीय सहित विद्यार्थीलाई सहज हुने भएको छ ।
बषौँपछि बेलडाँडी गाँउपालिका ५ईमलियादेखि राधापुर जोड्ने चौधर नदीमा पक्की पुल निर्माण हुने भएको छ । चौधर नदीमा पक्की पुल निर्माणका लागि मित्र बिल्र्डस प्रालिले १२ करोड, ३६लाख, १४ हजार लागतमा आगामी असार मसान्त ०८१सम्ममा पुल निर्माण गरिसक्नेछ । ३स्थान सहित झण्डै सय मिटरको पक्की पुल निर्माण हुने भएको छ । स्थानीय सुरेन्द्र रानाले उक्त स्थानमा पक्की पुल निर्माण भएसंगै ईमलियाका किसानलाई कृषिकार्यदेखि अन्य दैनिक कामकाजमा सहज हुने बताए ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी समेत रहेका साईड इन्चार्ज हेमराज भट्टले सबै निर्माण व्यवसायीलाई समयमै गुणस्तरिय योजना सम्पन्न गर्न आग्रह गरेका छन । सबै निर्माण व्यवसायीले सम्झौता अवधिमै काम गरिने प्रतिबद्धता जोहेर गरेका छन । प्रदेश सरकारबाट सचालित एकैदिन ६योजनाको शिलान्याससंगै कामकाज अघि बढे दक्षिणी क्षेत्रका स्थानीयलार्ई दैनिक गतिबिधीका साथै आर्थिक क्षेत्रमा समेत विकास हुने अपेक्षा गरिएको छ ।
Discussion about this post